काठमाडौंमा रेबिजका बिरामी बढे « Khabarhub

काठमाडौंमा रेबिजका बिरामी बढे


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालमा दैनिक दुई सय जना कुकुरले टोकेर रेबिजविरुद्धको सुई लगाउन आउने गरेका छन् ।

‘दैनिक रूपमा दुई सयको सङ्ख्यामा रेबिजविरुद्धको सुई लगाउन आउनेको सङ्ख्याले पनि प्रष्ट हुन्छ । काठमाडौँ उपत्यकामा धेरै मानिसलाई कुकुरले टोक्ने गरेको छ । कोही व्यक्ति भने लक्षण देखिसकेपछि उपचारका लागि आउने गर्छन्,’ अस्पतालका प्रवक्ता तथा प्रमुख कन्सलटेन्सी डा. अनुप बास्तोलाले
जानकारी दिए ।

रेबिजविरुद्धको सुई लगाएमा रेबिजको कारण मानिसको मृत्यु नहुने जानकारी दिँदै बास्तोलाले कतिपय मानिसहरू कुकुरले टोकेको हो, केही हुन्न भन्दै घर बस्नाले मृत्युको मुखमा पुगेको बताए ।

अस्पतालका अनुसार सरुवा रोग अस्पतालमा मात्र वार्षिक ३० जनादेखि ४० जनाको रेबिजका कारण मृत्यु हुने गरेको छ । सरकारले निःशुल्क उपलब्ध गराउने सुई लगाएमा रेबिज नलाग्ने भन्दै उनले कुकुरले टोकेर सुई लगाउन नआउँदा कतिपयको मृत्यु हुने गरको जानकारी दिए ।

यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी डा. रोशिका श्रेष्ठले नेपालभर रेबिजका कारण वार्षिक एक सय जनाको मृत्यु हुने गरेको जानकारी दिए । उनले दुई लाखभन्दा बढी डोज ‘एन्टी रेबिज भ्याक्सिन’ खपत हुने गरेको जानकारी दिँदै रेबिजविरुद्ध व्यापक रूपमा जनचेतना जगाउनुपर्ने बताए ।

सरुवा रोग अस्पतालका प्रवक्ता डा. बास्तोलाले दिगो विकास लक्ष्य प्राप्तिका लागि सन् २०३० सम्म मानिसमा हुने रेबिजको मृत्युदर शून्यमा पुर्‍याउने लक्ष्य लिइएको बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ६ : ४३ बजे

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध