जलवायु परिवर्तनले मानवीय अस्तित्वमा खतरा- मन्त्री ज्ञवाली « Khabarhub

जलवायु परिवर्तनले मानवीय अस्तित्वमा खतरा- मन्त्री ज्ञवाली


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शक्तिशाली राष्ट्रहरूको आर्थिक वृद्धि असामान्य ढङ्गले वृद्धि हुँदा कम विकसित देशलाई गहिरो असर पर्दै गएको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको तर्फबाट शुक्रबार सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपाल लगायतका कम विकसित, भूपरिवेष्टित र साना टापु राष्ट्रले आर्थिक असुरक्षा र असन्तुलन भोग्नु परिरहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

“विश्व आज एउटा चउरमा उभिएको छ र विश्वको सन्तुलन अतुलनीय ढङ्गले रूपान्तरण भइरहेको छ,” उनले भने, “धेरै समस्या हिजो पनि समाधान गर्न सकिएको थिएन र आज धेरै नयाँ चुनौती थपिइरहेका छन् ।” उनले विश्वमा अवसर र आम्दानी तथा प्रविधि र क्षमताको असमानता बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसङ्घमा ध्यानाकर्षण गराए ।

जलवायु परिवर्तनको खतरा हाम्रो जिम्मेवारीभन्दा माथि उक्लिइसकेको भन्दै मन्त्री ज्ञवालीले त्यसबाट उत्पन्न चुनौतीले पृथ्वीकै दिगोपना र मानवीय भविष्यको अस्तित्वमा खतरा उत्पन्न गराएको औँल्याए।

“अति गरिब र सबैभन्दा कमजोर देशहरू नै जलवायु परिवर्तनको उच्च प्रभावमा परेका छन्,” उनले भने, “तिनीहरूले नगन्य उत्सर्जन गरे पनि त्यस्ता नकारात्मक परिणामको सामना गरिरहेका छन्, जुन असमान, अन्यायपूर्ण र अनावश्यक छन् ।”

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ६ : ५९ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने