संयुक्त राष्ट्र संघको महासभामा मोदीले भने– भारतले विश्वलाई युद्ध होइन बुद्ध दिएको छ « Khabarhub

संयुक्त राष्ट्र संघको महासभामा मोदीले भने– भारतले विश्वलाई युद्ध होइन बुद्ध दिएको छ


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई शान्तिको सन्देश दिएको बताउँदै युद्ध नभएर बुद्ध दिएको जनाएका छन् ।

संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै मोदीले भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको बताएका हुन् । झण्डै १७ मिनेट भाषण गरेका मोदीले पाकिस्तानको नाम नलिइ घुमाउरो पारामा पाकिस्तानमाथि कडा टिप्पणी गरेका थिए ।

आतंकवाद विश्वका लागि खतरा भएको भन्दै उनले आतंकवादविरुद्ध विश्वलाई सतर्क रहन आग्रह गरे । उनले आतंकवाद कुनै एक देशको समस्या मात्रै नभएर विश्वकै समस्या भएकाले सबै एकजुट भएर यसविरुद्ध लड्नुपर्ने बताए ।

उनले भारत सरकारले अघि सारेका विभिन्न योजनाहरुको पनि चर्चा गरेका थिए । प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनका लागि भारतको भूमिका निकै कम भएको पनि बताए ।

उनले भने इतिहास र पर क्यापिटा इमिसन्सको नजरबाट हेर्ने हो भने ग्लोबल वार्मिङका लागि भारतको भूमिका एकदमै न्यून रहेको बताउँदै यो समस्या समाधानका लागि कदम उठाउनेहरुमध्ये भारत अग्रणी देश रहेको जानकारी दिएका थिए।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : ०२ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा