सयौं सैनिक नियन्त्रणमा लिएको हुथी विद्रोहीको दाबी « Khabarhub

सयौं सैनिक नियन्त्रणमा लिएको हुथी विद्रोहीको दाबी


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यमन- यमनका हुथी विद्रोहीले सयौंको संख्यामा साउदी अरबका सैनिकलाई नियन्त्रणमा लिएको दावी गरेका छन् ।

हुथी विद्रोहीका प्रवक्ता कर्नल याहिया सारियाले साउदी अरबको नाजरान शहरबाट तीन जना सैनिक ब्रिगेडले आत्मसमर्पण गरेको दावी गरेका हुन् ।

तीन दिने कारवाही अभियानमा कयौं सैनिक मारिएको समेत उनीहरुले दावी गरेका छन् । हुथी विद्रोहीको दावीबारे साउदी अरेबियाका सरकारी अधिकारीहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

हुथी विद्रोहीका प्रवक्ता सारियाले यमनमा जारी विद्रोहमा अहिलेसम्मकै ठूलो सफलता हात परेको दावी गरेका छन् ।

हुथी विद्रोहीले यसअघि पनि साउदी अरेबियाका दुई तेल प्रसोधन केन्द्रमा आक्रमण गरेको दावी गरेका थिए ।

यमनमा सन् २०१५ देखि जारी संघर्षमा हुथी विद्रोहीले राजधानी सनालाई कब्जामा लिएपछि राष्ट्रपति अब्दरबु मंसुर हादी देश छोडेर भागेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ९ : १७ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब