मुस्ताङी च्याङ्ग्राको मूल्य १८ हजारदेखि ३२ हजारसम्म « Khabarhub

मुस्ताङी च्याङ्ग्राको मूल्य १८ हजारदेखि ३२ हजारसम्म


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 बाग्लुङ- दशैंका लागि मुस्ताङबाट ल्याइएको च्याङ्ग्रा बाग्लुङ पुगेका छन् । बिक्रीका लागि काठमाडौं ल्याइँदै गरेका च्याङ्ग्राको मूल्य १८ हजारदेखि ३२ हजारसम्म पर्ने व्यवसायीले बताएका छन् ।

दशैंलाई लक्षित गरेर मुस्ताङबाट ३० हजारभन्दा बढी भेडा–च्याङ्ग्रा नेपालका विभिन्न ठाउँमा बिक्रीका लागि ल्याइएको बताइएको छ ।

पर्याप्त चरन क्षेत्र, बजार मूल्य, प्राविधिक सहयोगका कारण विगतका तुलनामा यस वर्ष भेडा–च्याङ्ग्राको संख्या बढेको हो ।

दशैं तिहारका लागि मुस्ताङका साथै चीनको सिमावर्ती तिब्बत क्षेत्रबाट समेत भेडा–च्याङ्ग्रा नेपाल ल्याउने गरिन्छ ।

हिमाली क्षेत्रको जडिबुटी खाने भएकाले मुस्ताङी भेडाच्याङ्ग्राको मासु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेरका भेडा च्याङग्रा काठमाडौँ, पोखरा, चितवन, बाग्लुङ, कुश्मा र पोखरासम्म पु¥याइन्छ । गत वर्ष मुस्ताङबाट २६ हजार ४०० भेडा–च्याङग्रा निकासी भएका थिए ।

मुस्ताङमा रोगी भेडा–च्याङ्ग्रा निकासी हुन नदिने गरी स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र जारी गरेर मात्रै निकासी अनुमति दिईएको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिक्री केन्द्र म्याग्दीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १० : ४८ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग