कस्तो छ ‘रातो टीका निधारमा’ अकिंत र साम्राज्ञीको काम? « Khabarhub

कस्तो छ ‘रातो टीका निधारमा’ अकिंत र साम्राज्ञीको काम?


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भनिन्छ, कुनै पनि चलचित्र राम्रो बन्नका लागि राम्रो स्किृप्ट चाहिन्छ । यो अर्थले हेर्ने हो भने ‘रातो टीका निधारमा’ कमजोर चलचित्र हो भनेर भनिरहनु पर्दैन । चलचित्रले दर्शक तथा समीक्षकबाट खासै राम्रो समीक्षा नपाए पनि दशैँको मुखमा रिलिज भएको फिल्मले शायद घाटा भने बेहोर्नुपर्ने छैन ।

धेरैलाई चासो छ, चलचित्र ‘रातो टीका निधारमा’ मा अशोक शर्माले आफ्ना छोरा अंकित शर्मालाई डेब्यु गराएका छन् । त्यसकारण चलचित्रमा उनको अभिनय कस्तो छ होला?

प्रचारका क्रममा अकिंत शर्माले भनेका थिए – यो मेरो पहिलो चलचित्र हो, सिक्दैछु ।

उनले भनेजस्तै यो चलचित्रमा अंकितले शिकारु कलाकारले गर्नेजस्तो अभिनय गरेका छन् । उनको अभिनयमा खासै दम छैन । त्यसो त कलाकारलाई कसरी अभिनय गराउने भन्नेमा निर्देशकको पनि उत्तिकै जिम्मा हुन्छ । यस अर्थमा चलचित्रमा निर्देशक शर्माको काम देखिँदैन । चलचित्रमा अंकितले गरेको अभिनयले दर्शकको मन जित्दैन ।

त्यसो त नेपाली चलचित्रमा सिक्दै चलचित्रलाई ‘प्रयोग’ का रुपमा लिने कलाकारको कमी छैन । अंकित पनि त्यही समूहमा परेका छन् ।

चलचित्रमा साम्राज्ञीको अभिनयले पनि मन जित्न नसकेको दर्शकले गुनासो गरेका छन् । शीर्ष भूमिकामा देखिएकी साम्राज्ञीको अभिनय उनका अन्य फिल्ममा जस्तै फितलो छ । उनले गाउँले युवतीको भूमिका निभाएकी छिन् तर उक्त भूमिका त्यति स्वभाविक लाग्दैन । कतिपय दर्शकले उनले गाउँले भूमिका निभाउन खोजे पनि त्यो अस्वभाविक देखिएको प्रतिक्रिया दिएका छन् ।

त्यसो त चलचित्रमा साम्राज्ञीलाई शहरीया युवतीको भूमिकामा पनि देखाइएको छ, तर उक्त भूमिका पनि राम्रोसँग पर्दामा उतारिएको छैन ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ११ : १७ बजे

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही