कर्जा अपचलन प्रकरण– बैंक अफ काठमाडौंका पूर्व सीईओ जेल चलान | Khabarhub Khabarhub

कर्जा अपचलन प्रकरण– बैंक अफ काठमाडौंका पूर्व सीईओ जेल चलान


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंक अफ काठमाडौंको कर्जा अपचलन मुद्दामा मुछिएका बैंकका पूर्व सीईओ अजय श्रेष्ठसहित ३ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

उच्च अदालत पाटनले शुक्रबार गरेको आदेशानुसार पूर्व सीईओ श्रेष्ठसहित बैंकका कर्मचारी किरणकुमार बोहरा र सुरेन्द्र श्रैष्ठलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामप्रसाद ओलीको संयुक्त इजलाशले यस्तो आदेश जारी गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानपछि असोज ८ गते उच्च अदालत पाटनमा १६ जनाविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर भएको थियो ।

अदालतमा उपस्थित गराइएका प्रतिवादीमध्ये सुरेन्द्र श्रेष्ठ, भुपेन्द्र श्रेष्ठ, ऋषिधर थपलिया र कृष्णबहादुर कार्कीलाई सरकारी कागजात किर्ते मुद्दामा थप अनुसन्धान गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय झापाको अनुरोधानुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा फिर्ता पठाइएको छ ।

यस्तै, प्रतिवादीहरु पुष्पराज भण्डारी, ऋचा श्रेष्ठ, बिभु बिक्रम पन्त, सुष्मा शाहसँग ४० लाख धरौटी माग गरिएको उच्च अदालत पाटनका प्रवक्ता (उपरजिष्ट्रार) मोहन सुवेदीले जानकारी दिए ।

यस्तै, प्रतिवादीहरु भुपेन्द्र श्रेष्ठ, ऋषिश्वर थपलिया र कृष्णबहादुर कार्कीबाट ७९ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

पुर्पक्षका लागि थुनामा पठाइएकामध्ये सुरेन्द्र श्रेष्ठले झुट्टा विवरण उल्लेख गरी जग्गा धितो राखेको अदालतको ठहर छ । यस्तै, बैंकका पूर्व सीईओ श्रेष्ठले बैंकले स्वीकार गर्ने धितो यथार्थ हो–होइन, जाँचबुझ एकीन नगरी गलत विवरणको धितोको आधारमा कर्जा प्रस्ताव स्वीकृत गर्ने अन्तिम निर्णय गरेको गरेको पाइएको अदालतको ठहर छ ।

यस्तै, बैंकका कर्जा प्रवाह शाखाका प्रबन्धकको हैसियतमा प्रतिवादी किरण कुमार बोहोराले झुट्टा विवरणको धितोको आधारमा कर्जा प्रस्ताव तयार गर्ने कार्य गरेको अदालतको ठहर छ ।

यस्तो थियो मुद्दा

मकवानपुरको हेटौंडा घर भएका (स्वर्णिम एण्ड सजन कम्पनी प्रालिका सञ्चालक) सुरेन्द्र श्रेष्ठले नक्कली धितो देखाएर बैंक अफ काठमाडौंको कमलादी शाखाबाट २ करोड ५० लाख १२ हजार रुपैयाँ ऋण लिएका थिए ।

श्रेष्ठले झापाको कित्ता नम्बर ३५९६ र ३२७१ नम्बरको लालपूर्जा पेश गरेर ऋण स्वीकृत गराएका थिए ।

तर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानका क्रममा श्रेष्ठले झापाको बिरिङ खोलाको जग्गाको नक्कली लालपूर्जा बनाएर ऋण स्वीकृत गराएको देखियो ।

उक्त प्रकरणमा बैंकका कर्मचारीसमेत गरी १६ जनाको संलग्ता रहेको भन्दै सीआईबीले उनीहरुविरुद्ध हदैसम्मको कारबाही माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

उक्त प्रकरणमा श्रेष्ठका अतिरिक्त झापाको चन्द्रगढी घर भएका बैंक अफ काठमाडौंको मोरङका क्षेत्रीय निर्देशक गणेश लम्साल, रुपन्देहीको भैरहवा घर भएका कर्जा शाखाका प्रबन्धक किरण कुमार बोहोरा, पर्साको वीरगन्ज घर भइ बैंकको सम्पर्क अधिकृत सुष्मा शाह, काठमाडौंको मैजुबहाल घर भएका बैंकका सिनियर सम्पर्क अधिकृत बिभु विक्रम पन्त, बाँकेको नेपालगञ्ज घर भइ बैंकको जोखिम व्यवस्थापन अधिकृत ऋचा श्रेष्ठ, काठमाडौंको सिफल घर भएका बैंकका तत्कालीन नायव महाप्रबन्धक पुष्पराज भण्डारी, काठमाडौंको कोटेश्वर घर भएका बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठलाई प्रतिवादी बनाइएको छ ।

यस्तै, काठमाडौंको महाराजगञ्ज घर भएका भुपेन्द्र श्रेष्ठ, चितवनको भन्डारा घर भएका ऋषेश्वर थपलिया, मकवानपुरको मनहरि गाउँपालिका घर भएका कृष्ण बहादुर कार्की, मकवानपुरकै हेटौंडा घर भएकी (सुरेन्द्र श्रेष्ठकी श्रीमती) कल्पना शाही सिंह श्रेष्ठ, मोरङको सुन्दर हरैचा घर भएका प्रेमप्रसाद पाण्डे, पाँचथर घर भएका भेषराज खत्री, बझाङको चौधारी घर भइ काठमाडौं बस्दै आएकी मिना सिंह विष्ट र ललितपुरको नटोल बस्ने सुनेना सेलासिक पनि उक्त प्रकरणमा प्रतिवादी बनाइएका थिए ।

प्रतिवादी बनाइएकामध्ये प्रेम भनिने प्रेमप्रसाद पाण्डे, कल्पना शाही सिंह श्रेष्ठ, मिना सिंह विष्ट र सुनेना सेलालिक भने फरार छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १ : ३९ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने