दशैं नजिकिएसँगै सुनको भाउ घट्यो | Khabarhub Khabarhub

दशैं नजिकिएसँगै सुनको भाउ घट्यो


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आज भने ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ८०० मा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रतितोला रु ६०० ले घटेको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु ७० हजार ५०० मा कारोबार भएकोमा आज भने प्रतितोला रु ६९ हजार ९०० मा कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ६०० ले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो । यस्तै चाँदी पनि शुक्रबारको तुलनामा रु १५ ले घटेर प्रतितोला रु ८४५ मा कारोबार भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ३ : ०८ बजे

जेनजी शहीदको सम्झनामा आज देशभर सार्वजनिक बिदा

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज १ गते बुधबार। कन्या

आज २०८२ साल असोज १ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज १ गते बुधबार। कन्या

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय