बैंक ह्याकिङ प्रकरण : कृषि विकास बैंक लहान शाखाका कर्मचारी पक्राउ | Khabarhub Khabarhub

बैंक ह्याकिङ प्रकरण : कृषि विकास बैंक लहान शाखाका कर्मचारी पक्राउ


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास बैंक ह्याकिङ काण्डमा बैंकको लहान शाखाका कर्जा शाखा प्रमुख सुनीलकुमार साहलाई पक्राउ गरिएको छ ।

४ करोड ७३ लाख ९६ हजार रुपैयाँ लुटिएको प्रकरणमा कर्जा शाखाका साहलाई प्रहरीले अनुसन्धानका लागि लहानबाट आइतबार पक्राउ गरेको हो । बैंककै कर्मचारीको संलग्नता हुनसक्ने भन्दै उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको स्रोतले बतायो ।

बैंकको रकम कर्मचारीकै युजर आइडीबाट लुटिएको पाइएपछि उनी शंकाको घेरामा तानिएका हुन् । लहान शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम ह्याकरले लुटेको तथ्य खुलेको थियो ।

यसअघि प्रहरीले गत शुक्रबार महेन्द्र भट्ट, मालतीदेवी न्यौपाने भट्टराई र गणेश बस्याललाई पक्राउ गरेको थियो । योसँगै बैंक ह्याक प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।

कृषि विकास बैंकबाट ह्याकरले ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरेर व्यक्तिको खातामा ट्रान्सफर गरेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ५ : ०६ बजे

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा