भाइटीका लगाउन बालगोपालेश्वर मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू) « Khabarhub

भाइटीका लगाउन बालगोपालेश्वर मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भाइटीका पर्वका अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शनार्थी तथा टीका लगाउनेहरूको भीड लागेको छ ।

दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीले समेत बालगोपालेश्वर मन्दिरमा पुगेर भाइटीका लगाउने धार्मिक तथा सांस्कृतिक परम्परा रहेकाले बिहानैदेखि मन्दिर परिसरमा श्रद्धालुको चहलपहल बढेको हो ।

वर्षमा एक दिन भाइटीकाका अवसरमा मात्रै खुल्ने यस मन्दिरमा दर्शन तथा टीका लगाउन काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट सर्वसाधारण आउने गरेका छन् ।

मन्दिर परिसरमा बिहानैदेखि दर्शनार्थीको आवागमन बढेसँगै उल्लासमय वातावरण देखिएको छ । दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, सद्भाव र आत्मीयता साटासाट गर्दै मनाइने भाइटीका पर्वले पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ११ : ४५ बजे

वनमौरीले टोकेर बर्दियामा एक जनाको मृत्यु

बर्दिया– बर्दियामा वनमौरीले टोकेर एक जनाको मृत्यु भएको छ ।

भाइटीका लगाउन बालगोपालेश्वर मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं – भाइटीका पर्वका अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि

अधुरो हुलाकी सडक निर्माण प्रक्रिया सुरु

राँझा– बाँके र दाङको सीमावर्ती क्षेत्रमा अधुरो रहेको ५८ किलोमिटर

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध महाभियोग प्रयास विफल

काठमाडौँ– अमेरिकी प्रतिनिधिसभामा रक्षामन्त्री पीट हेग्सेथविरुद्ध महाभियोग लगाउने प्रयास विफल

फाल्गुनन्दको मार्गनिर्देशनले समाजलाई एकताबद्ध बनाएको छ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दले देखाएको मार्गनिर्देशनले नेपाली समाजलाई