ज्ञानेन्द्र शाहीमाथिको आक्रमण पञ्चायती शैलीको झल्कोः नेता राई « Khabarhub

ज्ञानेन्द्र शाहीमाथिको आक्रमण पञ्चायती शैलीको झल्कोः नेता राई


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणले पञ्चायती शैलीको झल्को दिएको बताएका छन् ।

बुटवलमा आयोजित कार्यक्रममा नेता राईले भ्रष्टाचार विरोधी अभियन्ता शाहीमाथि शनिबार चितवनमा भएको आक्रमणले आफूलाई पञ्चायतमा भएको आक्रमणको सम्झना गराएको बताए ।

भ्रष्टाचार र घुसखोरी वर्तमान सरकारका पालामा बढेको आरोप लगाउँदै उनले यसको न्यूनीकरण नभए जनता निरास भएर सडक संघर्षमा उत्रिने चेतावनी दिए ।

उनले पार्टी सरकारमा रहेको भएपनि सरकारका गलत कार्यको विरोध गर्न आफूहरुलाई कुनै नैतिक संकट नभएको पनि बताएका थिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरुलाई नियन्त्रण नगर्न नसके त्यसले लोकतन्त्रलाई असर पुग्ने चेतावनी दिए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ५ : ५१ बजे

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल