दशैँ-तिहारको विदामा पनि स्वास्थ्य सेवा सुचारु रहने « Khabarhub

दशैँ-तिहारको विदामा पनि स्वास्थ्य सेवा सुचारु रहने


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालीको महानपर्व दशैँ, तिहारमा स्वास्थ्यसेवा विगत वर्षमा जस्तै निरन्तरता हुने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा सूचारु राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको छ ।

मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुषालद्वारा आइतबार जारी विज्ञप्तिमा स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्यसेवा सूचारु राख्न ११ बुँदे आग्रह जारी गरिएको छ ।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले स्वास्थ्यसेवा सूचारु राख्न अनुरोध गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका थिए । संविधानको प्रावधानअनुसार स्थानीय तहका स्वास्थ्य संस्थाको सञ्चालन स्थानीय निकायले गर्दछन् ।

सो आग्रहमा अस्पताल विपद् व्यवस्थापन समितिलाई पूर्व तयारी अवस्थामा रहने व्यवस्था मिलाउने, सबै अस्पताल, अस्पतालका फार्मेसी तथा एम्बुलेन्स २४ सैघण्टा सञ्चालनको व्यवस्था मिलाउने र राजमार्ग वरिपरिका स्वास्थ्य संस्थालाई थप तयारीमा राख्ने व्यवस्था मिलाउने रहेका छन् ।

दशैंमा सेवा प्रभावित नहुनेगरी स्वास्थ्यकर्मीको बिदाको व्यवस्थापन गर्ने, हाल भइरहेको डेङगु महामारीका रोकथाम तथा उपचार सेवा प्रभावित हुन नदिन विशेष व्यवस्था गर्ने, सम्भावित महामारी तथा अन्य स्वास्थ्य जोखिम व्यवस्थापन गर्न तयारी रहने, रक्तसञ्चार अभाव हुन नदिन ध्यान दिने र सेवामा रहेका स्वास्थ्यकर्मीका सम्पर्क नम्बर आकस्मिक कक्षमा राखिने छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ९ : ३१ बजे

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता