पार्टी सभापति कांग्रेस कार्यकर्ताले मात्र छान्ने होइन– बलबहादुर केसी | Khabarhub Khabarhub

पार्टी सभापति कांग्रेस कार्यकर्ताले मात्र छान्ने होइन– बलबहादुर केसी


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

करिब ५० वर्षदेखि नेपाली कांग्रेस पार्टीमा सक्रिय रहेका बलबहादुर केसी कुनै समय कांग्रेसका बहुचर्चित नेता थिए । तर पछिल्लो समय उनी त्यति धेरै चर्चामा नरहेपनि प्रभावशाली नेताका रुपमा रहेका छन् ।  पार्टी सभापति शेरबहादुर देउवा र पार्टी नेतृत्वको चर्को आलोचना गर्दै आएका केसीले पार्टी नेतृत्व परिवर्तनको वकालत गर्दै आएका छन् । उनै केसीसँग नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, कांग्रेसको अवस्था, नेतृत्व परिवर्तन लगायका विषयमा हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ नेता केसीसँग गरिएको कुराकानीको सम्पादित अंश–

तपाईं जस्तो चर्चित व्यक्तित्व पछिल्लो समय हराउनु भयो, भूमिका शून्य हुनुभयो किन ?

पहिलो त म वर्तमान संसद होइन, पूर्व सांसद हो त्यसले पनि केही मात्रामा असर गरेको हुनुपर्छ । दोस्रो म राजनीतिमा हराएको छइन । राजनीतिमा क्रियाशिल छु । राजनीतिमा नै मैले जीवन समर्पित गरेको छु ।

मैले जुन बेलमा नेविसंघबाट राजनीति शुरु गरे,जसले मलाईै काम लगाउनु भयो नेविसंघ या कांग्रेसमा ति नेताहरु अब कांग्रेसमा हुनुहुन्न । विपी, गणेशमान, किसुनजीहरुको विश्वास जितेको थिए तर अहिले उहाँहरु हुनुहुन्न । उहाँहरुलाई पार्टी प्रतिको मेरो निष्टा र लगाव थाहा थियो । मेरो क्षमता निष्टाको बारेमा थाहा पाउने मानिस रहेनन् ।

अवस्था फेरियो पहिलो जो सँग म प्रतिस्पर्धा गर्थे उनीहरु नै नेतृत्वमा पुगे । यसले मौका पायो भने हैसियत बनाउँछ र यसले गलत गर्न दिँदैन भन्ने उनीहरुलाई थाहा छ । त्यसले गर्दा उनीहरु मलाई ल्याउन चाहँदैनन् । म पार्टी भित्र निर्वाचित कार्यकर्ताको हिसावले खसकेको छैन । पार्टी र जनताको हितको निम्ति यसले काम गर्न सक्छ भन्ने सबैलाई विश्वास छ । तर अहिलेको नेतृत्वले भाग अंशको नाममा नेपाली कांग्रेसलाई क्षतविक्षत गरेका छन् सिद्धान्तबाट विचलित भएका छन् । आफ्नो परिवार र गुटको निम्ति जुन काम नेतृत्वबाट भएको छ म त्यसको विरोधमा छु ।

मेरो क्रियाशिलतामा निरन्तरता छ । मेरो निरन्तरतामा कमी आएको छैन । कुनै न कुनै दिन यस्ता मान्छेहरु(टिका प्रथाबाट आएकाहरु) किनारा लाग्नेछन् र इमान्दार मान्छेहरुको एक दिन समय आउँछ भनेर म निरन्तर पार्टीको काम गरिरहेको छु ।

तपाईंले भन्नुभयो परिवारवाद र गुटको पक्षपोषण गर्नेहरु नेतृत्वमा छन्, प्रजातान्त्रिक पार्टीले भाग अंश लगाएर चल्न सक्छ त ?

लोकतन्त्र अर्थात प्रजातान्त्र विधिको शासन हो । एउटा पार्टी जसरी सञ्चालन गर्नुपर्ने हो त्यो हुन सकिरहेको छैन , चल्दैन । जुन शैलिबाट पार्टीहरु सञ्चालित छन् जसरी सत्ता सञ्चालित छ यो शैलीबाट देश चल्दैन ।

अब के गर्ने त ?

आज पार्टी भित्र र संसदमा पार्टीले दिएका र पार्टीले पुरस्कृत गरेका व्यक्तिलाई हेर्नुभयो भने भाइ, श्रीमती, साली, ज्वाइ पुगेका छन् यसबाट के प्रस्ट हुन्छ भने जसले गणतन्त्रसम्म यो देशलाई लगे, जसले लामो समय राजनीतिक परिवर्तनका लागि लडे उनीहरुको वेवास्ता भएको छ । देश संघीयतासम्म आइपुगेको बेला पिटाइ खाने जेलनेल खानेको संख्या संसदमा हेर्नुस त कति छ ? एउटा पार्टीको मात्र होइन सबैको हेर्नुस् न ! त्यसकारण जसरी आज राष्ट्रिय राजनीति विकसित भएको छ यसले संघीयता गणतन्त्रलाई धान्न सक्छ कि सक्दैन शंका उत्पन्न भएको छ ।
यो परिस्थितिले कुनै पनि वर्ग समुदाय सन्तुष्ट छैन । सत्तापक्ष र प्रतिपक्षसँग जनता सन्तुष्ट छैनन् । सत्ता र प्रतिपक्षको भूमिका जुन रुपमा देखिनु पर्ने हो त्यो भइरहेको छैन । सत्तापक्ष कति मजवुद छ प्रतिपक्ष कति कमजोर छ भन्ने प्रश्न होइन सिंगो संसदमा एक जना भएपनि प्रतिपक्षले सत्ताले गरेको गल्तीलाई औला ठड्उन सक्नुपर्छ । यसलाई सहीरुपमा सत्ता पक्षले र प्रतिपक्षले डेलिभर गर्न सकिरहेको छैन ।

अझै पनि देशको राजनीति स्थिर हुन्छ कि हुन्न भन्ने कुरामा जनता सशंंकित छन् । कुनै पनि नेताहरु पार्टी भित्र सर्वमान्य हुन सकेका छैनन् । एउटा गुट लिएर बसेका छन् । सबै पार्टीको अवस्था त्यस्तै छ । अब पार्टी कहाँ गएर सञ्चालन हुन थाल्यो भने मसल,मनि र पावरले पार्टी चल्न थाल्यो जसका कारण जनतामा निराशा छाएको छ ।

सत्तापक्ष र प्रतिपक्ष दुबैको भूमिका कमजोर भयो भन्न खोज्नु भएको हो ? समाधानको उपाय के हो त ?

पहिलो कुरा भइरहेका नेतृत्वलाई परिवर्तन गरेर नयाँ नेतृत्व कायम गर्ने तत्कालिन अवस्था छैन । यसकारण सबैभन्दा पहिला हरेक पार्टीका नेताहरुले गल्तीलाई स्वीकार गरेर जनतासमक्ष माफी माग्नुपर्छ । सत्ता पक्ष दुई तिहाइकोे मनोविज्ञानमा अघि बढेको छ । प्रतिपक्ष कमजोर भएर मनोवल गिरेको अवस्थामा छ तर प्रतिपक्षले मनोबल गिराउनु हुँदैन । संसदीय व्यवस्थालाई स्वीकार गरेपछि त्यसको मौलिक कुरालाई स्विकार गरेर अघि बढ्नु परो नि । अबको देशलाई कसरी अब अगाडि बढाउने भन्ने मन्थन गर्न जरुरी छ ।

परम्परागत नेताहरुले पुन नेतृत्व लिने प्रयास गरिरहेका छन् यस्तो अवस्थामा पार्टीहरुको अवस्थामा कसरी सुधार आउँला ? विशेषत कांग्रेसमा ? 

ह्रासको नियम पाँचवटा कुरामा लाग्दैन रे ! पावर, मनि, वाइन, ग्याम्बलिङ, ओमेन ! यी पाँच कुरा मानिसलाई पुग्दैन मानिस सन्तुष्ट हुँदैन रे ! यो मानवीय चरित्रबाट माथि उठेका व्यक्तित्व योबाट टाँढा हुन सक्छन् । शेरबहादुर जीले अब पनि म भनेर जुन किसिमको कुरा उठाइरहनु भएको छ त्यो उहाँ, पार्टी देश र जनताको हितमा जाँदैन । नेचुरेल प्रोशेस के हो भने पुराना पात झर्छ नयाँ पात पलाउँछ । अब नयाँ पिढीलाई दिनुपर्छ ।

जुन किसिमको जनतमत बनेको छ त्यसलाई स्वीकार गर्नुपर्छ र पार्टीको यो ठाउँमा छलफल गर्न र वादविवाद गर्न सकिन्छ । राम्रा काम जति मैले गरेको र खराख जति मैले गरेको होइन भनि शेरबहादुर जी पन्छिन पाइन्छ । इतिहास राम्रो छ भविष्य पनि राम्रो छ, तर वर्तमानमा नेपाली कांग्रेस जुन अवस्थामा छ त्यो सन्तोषजनक छ त ?

नयाँ पुस्ता भन्नेहरु पनि नयाँ जस्तो त देखिएको छैन नि ?

दाबी गर्ने हक विधानत कांग्रेसका प्रतिनिधिहरुलाई छ । पार्टी नेतृत्वमा कांग्रेसका कार्यकर्ताले मात्र पुर्याउने होइन । शुभचिन्तकहरुको पनि हात छ । नेतृत्वमा पुग्न योग्य छ भन्ने पनि हुनुपर्यो‍, जनमत बन्नुपर्योे‍, जुन पार्टीमा विवेक हरायो र पैसाले काम गरिरहेको छ भने त्यहाँ शुद्ध नेतृत्व आउँछ कि आउँदैन भन्ने हुन्छ तर प्राविधिक रुपले मान्नुपरो, विपी गिरिजा गणेशमा विधानको नेता होइन उहाँहरु वास्तविक नेता हो जसलाई सबैले स्वीकार गरेका थिए । हो यस्तो नेतृत्व कार्यकर्ताले चाहेका छन् ।

आजका नेता टेक्निकल्लि नेतृत्वमा पुगेका हुन् । कांग्रेस सभापति बन्न कार्यकताले मात्र पुग्दैन । टेक्निकल्लि पुग्ला तर विश्वास सबैमा हुन जरुरी छ । धेरै मत ल्याउने सभापति बन्ला तर सबै कार्यकर्ताले स्वीकार गर्ने हुन जरुरी छ । त्यसका लागि नेताहर गुटबाट माथि उठ्न जरुरी छ । जुन पार्टीमा आन्तरिक प्रजातन्त्र छैन त्यस्तो पार्टीले अरुलाई औला उठाउन मिल्छ ?

सभापति देउवाले अब के गर्नुपर्छ ?

शेरबहादुर जीले धेरै राम्रा काम गर्नुभयो तर अव अभिभावक भएर बस्न आवश्यक छ । उहाँले भए मध्येका नेतृत्वलाई समन्वय गरेर बस्नु भयो भने नेपाली कांग्रेसको, लोकतन्त्र र देशको भविष्य राम्रो हुन्छ । यो उहाँलाई अवसर हो यदी चुक्नुभयो भने उहाँ शेरबहादुर रहनुहुन्छ जस्तो मलाई लाग्दै ।

शेरबहादुर ले मात्र विश्राम लिने ? रामचन्द्र पौडेलल लगायतले के गर्ने ?

नेतृत्वमा पुगेका गुटका नेताले विश्राम लिनुपर्छ । यो अवस्थामा पार्टीलाई पुर्याउन ति नेताहरु जिम्मेवार छन् ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ४ : २० बजे

सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौं – जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट

संसद् पुनर्स्थापनको माग लिएर अदालत गइँदैन: कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई विघटित प्रतिनिधि

पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

जनकपुरधाम – मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्च

काठमाडौं उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्री कार्कीको छलफल

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन्।

अबदेखि वायुसेवा निगमको जहाज डाइभर्ट हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने

काठमाडौँ- नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले