नेपाल यात्राका लागि एमसीसीले गर्‍यो टिम घोषणा « Khabarhub

नेपाल यात्राका लागि एमसीसीले गर्‍यो टिम घोषणा


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल यात्राका लागि विश्वकै पुरानो क्रिकेट क्बल मानिएको इङ्ग्ल्याण्डको मेरीलेबोन क्रिकेट क्लब (एमसीसी)ले टीमको घोषणा गरेको छ ।

नेपाल भ्रमणका लागि जिम्मी एडम्सको कप्तानीमा १३ सदस्यीय टिमको घोषणा गरिएको हो ।

टोलीमा कप्तान एडम्ससँगै यासिर अरफात, बिली गोड्लीमन, मिल्स हम्मोड, ओलिभर हानोन डाल्बे, कलम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सेर, एलेक्स थोमस, विल भन्देरस्पेर, एड योङ, टम वेस्ट्ले र क्रिस राइट छन् ।

टीममा रहेकामध्ये यासिर अरफातले पाकिस्तानको राष्ट्रिय टिमबाट टेस्ट खेलिसकेका छन् भने विल रोड्सले इङ्ग्ल्याण्डको यू–१९ टिमबाट खेलिसकेका छन् ।

२ हप्ते नेपाल भ्रमणको क्रममा एमसीसीले नेपाली राष्ट्रिय टोली, यु–१९ टोली र पोखराका स्थानीय क्लबहरुसँग खेल्ने छ । एमसीसीले जम्मा ६ खेल खेल्ने जनाइएको छ । जसमध्येका ३ खेल राष्ट्रिय टोलीसँग हुने छन् ।

एमसीसीको टोली बुधबार नेपाल आइपुग्ने जनाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ८ : ०१ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,