बैतडीमा एसपीएल क्रिकेट प्रतियोगिता– आयोजक उदयदेव बन्यो च्याम्पियन « Khabarhub

बैतडीमा एसपीएल क्रिकेट प्रतियोगिता– आयोजक उदयदेव बन्यो च्याम्पियन


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको शिवनाथ गाउँपालिकामा सम्पन्न शिवनाथ प्रिमियर लिग (एसपिएल) क्रिकेटमा आयोजक उदयदेव साहारा क्लब ‘बी’ च्याम्पियन भएको छ । सोमबार भएको खेलमा ब्राइट युथ स्पोट्स क्लब शर्मालीलाई दुई विकेटले हराउँदै आयोजकले उपाधि हात पारेको हो ।

विजेता क्लबले  ४४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता शर्मालीले २२ हजार २ सय २२ रुपैयाँ पाएको छ । सुल्लेखान खेलमैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको शर्मालीले निर्धारित १५ ओभरमा छ विकेटको क्षतिमा १२७ रन बनाएकामा कृषन चन्दले सर्वाधिक ४१ रनको योगदान गरेका थिए । आयोजकका तर्फबाट मीनबहादुर चन्दले चार विकेट हात पारे ।

एक सय २८ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको आयोजकले १४ ओभर दुई बलमा मनोज चन्दको २८ रनको मद्दतमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । शर्मालीका तर्फबाट कृषन चन्दले दुई विकेट हात पारे । उनी म्यान अफ द फाइनल पनि चुनिए ।

प्रतियोगितामा दुई अर्धसतकसहित १७९ रन र छ विकेट हात पारेका आयोजकका वीरेन्द्र चन्द प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । उनले लिगको एउटा खेलमा ६ बलमा ६ छक्कासमेत हिर्काएका थिए । वीरेन्द्र म्यान अफ द म्याच हुँदै २ हजार २२२ पुरस्कार हात पारे । यस्तै आयोजककै मीनबहादुर चन्द प्रतियोगिताभर ११ विकेट हात पार्दै उत्कृष्ट बलर चुनिए भने शर्मालीका विनोद चन्द प्रतियोगितामा १२८ रन हिर्काउँदै उत्कृष्ट ब्याट्सम्यान भए । दुवैले समान रु एक हजार १११ पुरस्कार पाए ।

विजेता तथा उपविजेता खेलाडीलाई शिवनाथ गाउँपालिकाका अध्यक्ष किर्णसिंह साउद र उपाध्यक्ष कुश्मा चन्दले पुरस्कार प्रदान गरेकी आयोजक क्लबका अध्यक्ष मनोजसिंह ठकुराठीले जानकारी दिए । उक्त प्रतियोगितामा नौ टोली सहभागी थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ९ : ०४ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु