अक्षय कुमारको ‘हाउसफूल ४’ लाई दर्शकले भने फेक ! ट्वीटमा ह्यासट्याग ट्रेन्ड « Khabarhub

अक्षय कुमारको ‘हाउसफूल ४’ लाई दर्शकले भने फेक ! ट्वीटमा ह्यासट्याग ट्रेन्ड


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता अक्षय कुमारको फिल्म दिवालीको अवसर पारेर रिलिज भयो । यो बलिउडको सुपरहिट फिल्म ‘हाउसफूल’ को सिक्वेल हो । फिल्मको रिलिज हेरेर धेरैलाई यो फिल्मप्रति बढी नै आशा थियो । तर रिलिजपछि भने दर्शकले यसका बारेमा बोल्न थाले ।

अक्षयको फिल्म ‘हाउसफूल ४’ लाई समीक्षकले पनि खराब रिभ्यु दिएका छन् । तर फिल्मले रिलिजको ३ दिनमै ५० करोड भारु कमाइ गरेको छ ।

यसैबीच दर्शकले प्रश्न उठाएका छन् कि, फिल्मले समीक्षा पनि राम्रो पाएको छैन र दर्शक पनि फिल्म हेर्न पुगेका छैनन् भने कसरी ५० करोड कमाइ गर्‍यो?

चलचित्रको कमाइमा औँला उठाउँदै दर्शकले ट्वीटरमा ह्यासट्याग ट्रेडिङमा ल्याएका छन् । कति फ्यानले भने समीक्षकले पैसा खाएर खराब रिभ्यु लेखिदिएको आरोप लगाएका छन् ।

फिल्म ‘हाउसफूल ४’ मा अक्षयसँगै रितेश देशमुख, बबी देओल, चंकी पाण्डे, कृति सेनन, जनी लिभर लगायतका कलाकारको शीर्ष भूमिका छ । यो कमेडी फिल्मले पुनर्जन्मको प्रेम पाउन गरिएको सङ्घर्षको कथा भन्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ११ : २२ बजे

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर