अक्षय कुमारको ‘हाउसफूल ४’ लाई दर्शकले भने फेक ! ट्वीटमा ह्यासट्याग ट्रेन्ड | Khabarhub Khabarhub

अक्षय कुमारको ‘हाउसफूल ४’ लाई दर्शकले भने फेक ! ट्वीटमा ह्यासट्याग ट्रेन्ड


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता अक्षय कुमारको फिल्म दिवालीको अवसर पारेर रिलिज भयो । यो बलिउडको सुपरहिट फिल्म ‘हाउसफूल’ को सिक्वेल हो । फिल्मको रिलिज हेरेर धेरैलाई यो फिल्मप्रति बढी नै आशा थियो । तर रिलिजपछि भने दर्शकले यसका बारेमा बोल्न थाले ।

अक्षयको फिल्म ‘हाउसफूल ४’ लाई समीक्षकले पनि खराब रिभ्यु दिएका छन् । तर फिल्मले रिलिजको ३ दिनमै ५० करोड भारु कमाइ गरेको छ ।

यसैबीच दर्शकले प्रश्न उठाएका छन् कि, फिल्मले समीक्षा पनि राम्रो पाएको छैन र दर्शक पनि फिल्म हेर्न पुगेका छैनन् भने कसरी ५० करोड कमाइ गर्‍यो?

चलचित्रको कमाइमा औँला उठाउँदै दर्शकले ट्वीटरमा ह्यासट्याग ट्रेडिङमा ल्याएका छन् । कति फ्यानले भने समीक्षकले पैसा खाएर खराब रिभ्यु लेखिदिएको आरोप लगाएका छन् ।

फिल्म ‘हाउसफूल ४’ मा अक्षयसँगै रितेश देशमुख, बबी देओल, चंकी पाण्डे, कृति सेनन, जनी लिभर लगायतका कलाकारको शीर्ष भूमिका छ । यो कमेडी फिल्मले पुनर्जन्मको प्रेम पाउन गरिएको सङ्घर्षको कथा भन्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ११ : २२ बजे

झापा आएका १५ हात्ती मोरङतिरै फर्किए

झापा– झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ

काभ्रे– जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी

विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौं– प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको