छोटो भेटमा मानिसलाई कसरी प्रभावित पार्ने ? ६ उपाय « Khabarhub

छोटो भेटमा मानिसलाई कसरी प्रभावित पार्ने ? ६ उपाय


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

हरेक मान्छेको चाहना हुन्छ, आफूलाई अरुका सामुन्ने प्रभावित पार्ने ।

कसैले छोटो समयमा नै ब्यक्तित्व, पहिरन तथा ब्यवहारले प्रभावित पार्छन् भने केहिले प्रभावित पार्न लाखौँ कोशिस गरे पनि लामो समयसम्म प्रभावित पार्न सक्दैनन् ।

अरुलाई प्रभावित पार्न उसले कुरा गर्ने शैली र आत्मविश्वास महत्वपुर्ण हुन्छ । यदि तपाईं पनि कसैलाई प्रभावित पार्न चाहनुहुन्छ भने हामीले दिएको टिप्सलाई पालना गरे सहजै अरुलाई प्रभावित पार्न सक्नुहुनेछ ।

१. बोली र व्यवहार

कोही पनि मानिस छिट्टै प्रभावित हुने पहिलो अस्त्र भनेको बोली र व्यवहारले नै हो । त्यसैले तपाई कसैसँग कुराकानीका क्रममा हुनुहुन्छ भने मिठो बोली, आदरपूर्वक ब्यवहार गर्नु भयो भने यसले छिट्टै अरुलाई प्रभावित पार्न सक्छ ।

२. पहिरनमा ध्यान दिनुस्

मानिसको राम्रो ब्यक्तित्व झल्काउने अर्काे अस्त्र हो, पहिरन । हुन त पहिरन मात्रै मानिसलाई प्रभावित पार्ने मूल कारण होइन तर सुहाउँदो र सफा कपडाको छनोट गरेमा भेटेको ब्यक्तिलाई तपाईले प्रभावित पार्न सक्नुहुनेछ ।

३. कम बोल्ने

धेरै मानिसमा आफूमात्र बबोल्न बानी हुन्छ । तर यसले अरुको सामुन्ने तपाई धेरै कुरा गर्ने ब्यक्तिका रुपमा परिचित हुनु हुनेछ । तसर्थ कसैसँग कुराकानीको क्रममा हुनुहुन्छ भने आफू कम बोलेर उसको कुरा सुनिदिनु भयो भने यसले तपाईप्रति राम्रो धारणा बन्दछ ।

४. सम्मान दिनुहोस्

आफूलाई ठूलो देखाउन केही मानिस आफू मुनिका वा तल्लो वर्गका मानिससँग सम्मानपूर्वक बोल्दैनन् । तर यसले तपाई स्वयम्लाई क्षति पुर्याउँछ । तसर्थ कोहीसँग कुराकानीको क्रममा हुनुहुन्छ भने तँ वा तिमी सम्बोधनभन्दा पनि तपाईं शब्दको छनोट गर्नुहोस् ।

५. कमजोरी नदेखाउनुहोस्

सबैले सकारात्मक मानिससँग संगत गर्न चाहन्छन् । तर केही मानिस आफ्नो कमजोरी वा दुखान्त सुनाएर अरुको मन पगाल्न खोज्दछन् भने ती आफैँमा कमजोर आत्मविश्वास भएका मानिस हुन् । त्यसैले कोही ब्यक्तिसँग कुरा गर्दा आफ्नो कमजोरी खुलेर नबताउनुहोस् ।

६. जे छ त्यही भन्नुहोस्

अरुलाई प्रभावित पार्ने नाममा कतिपय मानिस आफैँ आफ्नो वर्णन गरिरहेका हुन्छन् । तर यो अवस्थामा तपाईले आफू जे हो त्यही रुपमा प्रर्दशन हुनु भयो भने भविष्यमा कुनै कुराको ढाकछोप गर्न झुट बोल्नु पर्ने स्थिति आउँदैन । त्यसैले नचाहिँदो शान नदेखाउनुहोस् ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १२ : ०३ बजे

गौरादहमा बालेनको घरदैलो : समस्या सुन्दै, आशीर्वाद थाप्दै

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले झापामा घरदैलो

भक्तपुरमा एमाले उम्मेदवारद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुरका नेकपा एमाले उम्मेदवारहरूले आफ्नो

‘ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन’

कोपनहेगन– डेनमार्कका रक्षामन्त्री ट्रोअल्स लुन्ड पौल्सेनले ग्रिनल्यान्डलाई अन्य देशहरूबाट चिकित्सा

बालबालिकामा इन्टरनेटको लत : अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता

काठमाडौं– पछिल्लो समय प्रविधिको विकास भएसँगै मोबाइल फोन र इन्टरनेटको

चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

चितवन–  चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र नेकपा (एमाले)का