यसपालीको तिहारमा नेपालीले किने ६० करोडको बिजुली बत्ती « Khabarhub

यसपालीको तिहारमा नेपालीले किने ६० करोडको बिजुली बत्ती


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको तिहारमा नेपालले करिब ६० करोड रुपैयाँको विद्युतीय बत्ती आयात गरेको छ ।

तिहारका लागि मात्रै यसपटक चीनबाट ९० प्रतिशत र भारतबाट १० प्रतिशत बत्ती आयात भएको नेपाल इलेक्ट्रिक व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो समय विद्युत कटौती (लोडसेडिङ) को समस्या नहुनु र विद्युतीय बत्तीप्रति मानिसहरुको बढ्दो आकर्षणका कारण यस वर्षको तिहारमा मात्रै ६० करोड रुपैयाँ बाहिरिएको हो । तिहारमा शहरी क्षेत्रमा मात्रै नभइ ग्रामिण क्षेत्रमा पनि विद्युतीय बत्तीको प्रयोग बढ्दा यसको आयातमा वृद्धि हुँदै गएको महासंघको भनाइ छ ।

परम्परागत ढंगको दियो र पालामा बत्ती बाल्ने संस्कार घढ्दै जाँदा विद्युतीय बत्तीको प्रयोग भने वृद्धि हुँदै गएको छ । यसका साथै विद्युतीय बत्तीले मैनबत्तीलाई पनि विस्थापित गर्दै लगेको छ ।

झिलिझिली बत्तीको चाड तिहारमा विद्युतीय बत्तीको आकर्षण बढेको देखिन्छ ।

पछिल्लो समय नेपालमा आयात भएका विद्युतीय बत्तीहरु कम बिजुली खपत गर्ने तथा टिकाउ पनि रहेकाले मानिसहरु आकर्षित भएको महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौडेलको भनाइ छ ।

बजारमा न्युनतम ५० रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मका बत्ती पाइने गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ३ : ०८ बजे

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ ।