‘साग र उपनिर्वाचनको सुरक्षामा कुनै सम्झौता नगर्नू’ « Khabarhub

‘साग र उपनिर्वाचनको सुरक्षामा कुनै सम्झौता नगर्नू’


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अन्तरराष्ट्रियस्तरको खेलकूद प्रतियोगिता तथा उपनिर्वाचन हुने स्थानमा शान्ति सुरक्षामा कुनै किसिमको कमी कमजोरी नगर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

यही भोलि (मंसिर १५) देखि २४ सम्म हुन गइरहेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) तथा (आज)मंसिर १४ गते केही स्थानमा हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थापनका विषयमा महानगरीय प्रहरी कार्यालय तथा मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले राष्ट्र र नागरिकप्रति समर्पित भई राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

नेपाल प्रहरी कुनै पनि चुनौतीको सामना गर्न सक्षम रहेको चर्चा गर्दै उनले विगतका अनुभव र अभ्यासको उपयोग गर्दै थप संवेदनशिल भई व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिए ।

नेपालमा आयोजना हुन लागेको सागको सुरक्षा प्रदान गर्ने दायित्वलाई अवसरका रुपमा लिई जिम्मेवारी वहन गर्न आग्रह गर्दै उनले समाजमा शान्ति सुरक्षा कायम गरी नागरिकलाई सुरक्षित बनाउनु प्रहरीको मुख्य जिम्मेवारी रहेको बताए।

खेलकुद प्रतियोगिताको अवधिमा सुरक्षा व्यवस्थाप्रति सबै प्रहरी कर्मचारीले त्रुटिरहित तरिकाले खेलाडीको सुरक्षा, निवासस्थान, समारोहस्थल, खेल मैदानका साथै ट्राफिक व्यवस्थापनसमेतमा उत्तिकै सक्रिय भई कार्यसम्पादन गर्न उनले प्रहरी अधिकृतलाई निर्देशन दिए ।

सम्भावित घटना तथा अवाञ्छित गतिविधिको पहिचान गरी सूचना सङ्कलन तथा विश्लेषण गर्दै प्रहरीको सक्रियता बढाउनुपर्नेमा जोड उनको जोड थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ६ : ३५ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु