लण्डन ब्रिजमा आतंककारी आक्रमण हुँदा २ को मृत्यु « Khabarhub

लण्डन ब्रिजमा आतंककारी आक्रमण हुँदा २ को मृत्यु


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतको लण्डन ब्रिजमा भएको आतंकवादी आक्रमणमा दुईजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन् । लण्डन ब्रिजमा एक व्यक्तिले अन्धाधुन्ध रुपमा मानिसहरुमाथि चक्कु प्रहार गरेका हुन् ।

चक्कु आक्रमणबाट गम्भीर घाइते भएका तीनजना मध्ये दुईजनाको स्थानीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसी तथा सिएनएनसहितका सञ्चारमाध्यमले जनाएका छन् । अर्का एक घाइतेको उपचार भइरहेको छ । आक्रमणकारीको पनि मृत्यु भएको छ ।

आरोपित आक्रमणकारीको प्रहरीको गोली लागेर मृत्यु भएको हो । प्रहरीले आक्रमणकालाई आतंककारी घटना भनेको छ । आतंककारी गतिविधिमा संलग्न भएको अभियोगमा जेल सजाय काटेका व्यक्तिले लण्डन ब्रिजमा आक्रमण गरेका हुन् ।

आक्रमणकारी इजाजतमै जेल बाहिर रहेको जनाइएको छ । लण्डन ब्रिजको उत्तरी भागमा रहेको फिसमोन्गेर्स हलमा क्रिमिनल जस्टिस सम्बन्धी कार्यक्रम भइरहेका बेला आक्रमण भएको हो ।

कार्यक्रममा क्याम्ब्रिज विश्वविद्यालयका विद्यार्थी तथा पूर्व कैदीको सहभागिता थियो । यो घटना स्थानीय समय अनुसार शुक्रबार अपराहन्न भएको हो ।

प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले प्रहरीलाई अनुसन्धानमा सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् ।

आक्रमणमा ज्यान गुमाएका तथा घाइते भएकाहरुप्रति प्रधानमन्त्री जोन्सनले श्रद्धाञ्जली, समावेदना तथा शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

दुई वर्षअघि लण्डन ब्रिज र नजिकै रहेको बजारमा भएको आतंककारी आक्रमणमा ८ जनाको ज्यान गएको थियो भने ४८ जना घाइते भएका हुन् ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ७ : ५८ बजे

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना