एम्बुलेन्स खरिदका लागि सांस्कृतिक मेला | Khabarhub Khabarhub

एम्बुलेन्स खरिदका लागि सांस्कृतिक मेला


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- माडीमा सांस्कृतिक तथा पर्यटन मेला गरिने भएको छ । यही मंसिर २० देखि २९ गतेसम्म माडी नगरपालिका–१ बरुवा बजारमा मेला आयोजना गर्न लागिएको हो ।

थारू कल्याणकारिणी सभा क्षेत्र नं १ माडीको आयोजना, स्टार स्पोर्टस् क्लब बरुवा र स्वदेश एफएम माडीको सहआयोजनामा मेला हुन लागेको हो ।

मेलाका संयोजक एवम् थारू कल्याणकारिणीसभाका अध्यक्ष भीमप्रसाद महतोले स्थानीय कला संस्कृतिको जगेर्ना गर्दै एम्बुलेन्स खरिदका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

थारू कल्याणकारिणीसभा माडीले सञ्चालन र व्यवस्थापन गर्ने सो एम्बुलेन्सले बाँदरझुलादेखि माडीका अन्य क्षेत्रमा सेवा पुर्‍याउने बताइएको छ । मेलामा माडीको पर्यटन एवम् संस्कृति झल्कने विभिन्न सामग्रीको प्रस्तुति, थारू, बोटे गाउँ एवम् परिकार प्रदर्शनी तथा माडी स्टार डान्स आइडल प्रतियोगिता सञ्चालन गरिने संयोजक महतोले बताए ।

यस्तै मेलामा स्थानीय उत्पादन र सेवाको प्रवद्र्धन, बाल उद्यान, विभिन्न वित्तीय संस्था, अटो, रेष्टुरेन्ट, पर्यटनलगायत गरी करिब १५० कक्ष रहने छन् । महोत्सवमा चर्चित कलाकारको प्रस्तुति रहनेछ । थारू समुदायको बाहुल्य रहेको माडीमा थारू कलाकारलाई पनि विशेष प्राथमिकता दिइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १२ : ५७ बजे

पाँच वर्षदेखि पुल निर्माण अधुरै

चौतारा – सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ जना इजरायली लडाकु मारिएको इरानको दाबी

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ

गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार

गोरखा – धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित