पूर्व युवराज पारसको भावुक भनाइ – सबै मान्छे नराम्रा हुँदैनन् « Khabarhub

पूर्व युवराज पारसको भावुक भनाइ – सबै मान्छे नराम्रा हुँदैनन्


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व युवराज पारस शाह विभिन्न हत्कण्डाका कारण चर्चामा आउने गरेका छन् ।

पछिल्लो समय पारस युट्युवर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चामा रहेका छन् ।

केही समयअघि पारस सोनिकासँग सँगै देखिने गरेका छन् ।

पोखराको एक होटल बाहिर मोटरसाइकलमा कसैलाई पर्खिएर बसेका पारसको बाइकको पछाडि सोनिका बसेपछि पारसले बाइक कुदाएदेखि पारस सोनिका सम्बन्ध सतहमा आएको थियो ।

पारस कहिले हेलिकोप्टर बूक गरेर सोनिकासहित अन्नपूर्ण बेसक्याम पुगे भने कहिले सोनिकासँग पिङमा पारसले रमाइलो गरेको भिडियो युट्युवमा भाइरल बन्यो ।

पूर्व राजपरिवारका सदस्य पारस कहिले मुक्तिनाथ पुगेको तस्वीर सामाजिक सञ्जालमा राख्छन भने उनले पर्समा आगो बालेर देखाएको भिडियो पनि भाइरल बनेको थियो । पछिल्लो समय यी र यस्तै हर्कतका कारण पारस चर्चामा छन् ।

यसैबीच पूर्व युवराज पारस शाहले सबै मान्छे नराम्रा नहुने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा पारसले आफ्नो एक तस्वीरसहित लेखेका छन्‘सबै मान्छेको मन धमिलो हुँदैन, सबै मान्छे नराम्रा हुँदैनन्, कहिलेकाही तेल सकिएर पनि दियो निभेको हुन सक्छ । हरेक समय हावा मात्र दोषी हुँदैन ।’

उनको यो भनाइ के प्रति लक्ष्ति छ जनाइएको छैन । तर आफूमाथि नराम्रो मानिसको ट्याग लागि रहँदा पारसले आफूले आफैलाई नराम्रो होइन भन्ने रुपमा व्याख्या गरेको पनि हुन सक्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने यो स्टाटस सोनिकालाई नराम्रो भन्नेहरुप्रति लक्षित रहेको टिप्पणी गरेका छन् ।

धर्मका कारण रोकियो पारस हिमानी सम्बन्ध बिच्छेद !

पूर्वयुवराज पारस शाह र मोडल तथा सोनिका रोकाया केही समययता नजिक छन् । यी दुई प्रेममा रहेको चर्चा चल्ने गर्छ । यद्यपि दुवैले प्रेममा नरहेको दाबी गर्दै आएका छन् ।

यता पारस र सोनिकाको हिमचिम भने दिनप्रतिदिन बढ्दैछ । सोनिका र पारस पोखरादेखि अन्नपूर्ण बेसक्याम्पसम्म सँगै घुम्न गएका तस्वीर एकपछि अर्को गर्दै सार्वजनिक भएका थिए । सोनिकाले त अझ भिडियो ब्लग नै बनाएकी थिइन् ।

यतिबेला भने पारस र सोनिका अर्को एक कारणका कारण चर्चामा छन् । सामाजिक सञ्जालमा पारस र सोनिकाको भाइबर च्याटमा कुरा भएको स्कृनशट भाइरल भएको छ ।

भाइबर च्याटमा सोनिकाले पारसलाई पूर्वयुवराज्ञी हिमानीसँग डिभोर्स गर्न लागेको हो भनेर सोधेकी छिन् । उत्तरमा पारसले होइन भन्छन् ।
सोनिकाले अङ्ग्रेजीमा सोध्छिन् – ‘किन यति धेरै समाचाररु हिमानीसँग डिभोर्स हुन लागेको हो?’

पारसले धर्मका कारणले हिमानीसँग डिभोर्स गर्न नमिलेको बताउँछन् । उनले सोनिकालाई फोनमा कुरा गर्न आग्रह समेत गर्छन् ।

पारसले कसले यस्तो खबर फैलाएको छ पत्ता लगाउन अनुरोध गर्छन् ।

पारसले बरु मिडियाले गलतलाई पनि सत्य साबित गर्न खोजेको पारसले म्यासेज फर्काउँछन् ।

सोनिकाले भन्छिन् – ‘मलाई मान्छेले मेरो बारेमा के भन्छन् भन्नेमा चासो लाग्दैन तर म तपाईंलाई वास्तविक तपाईं बनाउने बाटोमा छु ।’

पारसले फेरि भन्छन् – ‘मैले के गरेको तिमी चाहन्छौ?’
त्यसपछि सोनिकाले आफूले बिहानै बुबासँग झगडा गर्नुपरेको सुनाउँछिन् ।

‘आज बिहानै मेरो बुबासँग झगडा पर्‍यो, उनीहरुलाई मैले तपाईंसँग बिहे गर्दैछु भन्ने लाग्छ, बुबालाई तपाईं र हिमानीका कारण म समस्यामा छु भन्ने लाग्छ ।’

उनको उत्तरमा पारसले ‘ओएमजी’ भन्छन् ।

यो च्याटको स्किृनशट सामाजिक सञ्जालमा छाएको छ । पछिल्लो समय पारस र सोनिकाको हिमचिम बढेपछि पूर्वराजपरिवारसँग पारसको समबन्ध राम्रो छैन । यता हिमानी भने पछिल्लो समय सामाजिक कार्यमा व्यस्त छिन् । उनको पारससँग सम्बन्ध राम्रो छैन ।

यो पनि पढ्नुहोस्

पूर्व युवराज पारसले पर्समा आगो बाल्दै जादु देखाएपछि… (भिडियो सहित)

के साधु बन्न मुक्तिनाथ पुगेका हुन् त पूर्वयुवराज पारस ?

हेलिकप्टर बूक गरेर सोनिकासँग पारस अन्नपूर्ण बेसक्याम्पतिर, हिमानी डिभोर्सको तयारीमा !

पिङमा पूर्वयुवराज पारस र सोनिकाको रमाइलो, सामाजिक सञ्जालमा भिडियो भाइरल

पारसको बानीले आजित बनेपछि छोराछोरी पनि टाढिए…!

बदनाम पूर्वयुवराज पारस : गुण्डा, लागुऔषध दुर्व्यसनीदेखि सुन्दरी काण्डसम्म

खबरहबसँग पूर्वयुवराज पारसले भने– मलाई राजा बन्नु छैन, मोटरसाइकलमा हिँड्दा के को लाज ?

 

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ७ : २६ बजे

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी