जर्मन क्लब बायन म्युनिखले दियो नेपाली प्रशंसकलाई धन्यवाद « Khabarhub

जर्मन क्लब बायन म्युनिखले दियो नेपाली प्रशंसकलाई धन्यवाद


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मन फुटबल क्लब बायन म्युनिखले नेपाली समर्थकलाई धन्यवाद ज्ञापन गरेको छ ।

जर्मन फुटबल लिग बुन्डेस लिगाको शीर्ष क्लव बायनले आफ्नो फेसबुक पेजमा आइतबार नेपाली प्रशंसकलाई वर्ष २०१९ मा गरेको समर्थनका लागि धन्यवाद ज्ञापन गरेको हो ।

२९ पटक लिग उपाधि जितेको वायन यस वर्ष भने लिगमा तेस्रो स्थानमा छ ।

क्लबले आफ्ना मूख्य स्ट्राइकर रोबर्ट लेवेन्डस्कीको तस्बिरसँगै नेपालको झन्डाको तस्विर पनि प्रयोग गरेको छ। क्लबले नेपाली भाषामा तस्बिरमा लेखिएको ‘धन्यवाद’ सही भए नभएको पनि सोधेको छ ।

पेजमा थुप्रै नेपाली प्रशंसकले क्लबलाई यसका लागि धन्यवाद भनेका छन् । बायनको फेसबुक पेजलाई झन्डै ५ करोडले फलो गर्छन्।

जर्मनीका थोमस मुलर, पोल्यान्डका लेवेन्डस्की, ब्राजिलका फिलिपे कौटिन्हो तथा जर्मन गोलकिपर म्यानुअल नोयजस्ता चर्चित खेलाडीका कारण बायनका नेपालमा ठूलो संख्यामा प्रशंसक छन् ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ७ : २२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका