जर्मन क्लब बायन म्युनिखले दियो नेपाली प्रशंसकलाई धन्यवाद « Khabarhub

जर्मन क्लब बायन म्युनिखले दियो नेपाली प्रशंसकलाई धन्यवाद


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मन फुटबल क्लब बायन म्युनिखले नेपाली समर्थकलाई धन्यवाद ज्ञापन गरेको छ ।

जर्मन फुटबल लिग बुन्डेस लिगाको शीर्ष क्लव बायनले आफ्नो फेसबुक पेजमा आइतबार नेपाली प्रशंसकलाई वर्ष २०१९ मा गरेको समर्थनका लागि धन्यवाद ज्ञापन गरेको हो ।

२९ पटक लिग उपाधि जितेको वायन यस वर्ष भने लिगमा तेस्रो स्थानमा छ ।

क्लबले आफ्ना मूख्य स्ट्राइकर रोबर्ट लेवेन्डस्कीको तस्बिरसँगै नेपालको झन्डाको तस्विर पनि प्रयोग गरेको छ। क्लबले नेपाली भाषामा तस्बिरमा लेखिएको ‘धन्यवाद’ सही भए नभएको पनि सोधेको छ ।

पेजमा थुप्रै नेपाली प्रशंसकले क्लबलाई यसका लागि धन्यवाद भनेका छन् । बायनको फेसबुक पेजलाई झन्डै ५ करोडले फलो गर्छन्।

जर्मनीका थोमस मुलर, पोल्यान्डका लेवेन्डस्की, ब्राजिलका फिलिपे कौटिन्हो तथा जर्मन गोलकिपर म्यानुअल नोयजस्ता चर्चित खेलाडीका कारण बायनका नेपालमा ठूलो संख्यामा प्रशंसक छन् ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ७ : २२ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक