हामी सन् २०१९ लाई विदाई गर्दै २०२० को स्वागतको संघारमा छौं । बुधबारबाट नयाँ वर्ष २०२० शुरु हुँदैछ । सन २०१० यता सूचना प्रविधिको क्षेत्रमा निकै विकास भएको पाइएको छ । यो एक दशकमा विश्वले प्रविधिको क्षेत्रमा निकै ठूलो फड्को मारेको छ ।
यो दशकमा मानिसहरु टेलिभिजनमा सबैभन्दा बढि रमाए । यही दशकमा मोवाइल र इन्टरनेटले सबैभन्दा बढि फड्को मार्याे । जसका कारण मानिसले टेलिभिजन छाडेर मोवाइल र इन्टरनेटमा बढि समय दिए । यस दशकमा मोबाइलको स्वरुपमा परीर्वतन आयो, किप्याड मोवाइल स्क्रिन टचमा परिवर्तन भए । मोवाइल भित्रै विभिन्न एप्लिकेशन र गेम समावेश भएपछि यसको सबैभन्दा बढि प्रयोग भयो ।
मोबाइल मार्केट डेटा र एनालिटिक्स फर्म ऐप एनीद्वारा गरिएको अध्ययनले पछिल्लो एक दशक यता सवैभन्दा बढी सोसल मिडियाको प्रयोग भएको हो । २०१० को दशकमा इन्टरनेटमा राज गर्ने र सबैभन्दा बढी प्रयोग भएका मोबाइल ऐप्स कुन–कुन हुन् ? आउनुहोस् यस बारे जानकारी दिदैछौं । यो दशकमा सबैभन्दा धेरै पटक डाउनलोड गरिएका १० एप्लिकेशनहरु निम्न छन्-
१. फेसबुक
एनीद्वारा प्रस्तुत रिर्पाेट अनुसार सामाजिक सञ्जालमा एकछत्र राज गर्न सफल फेसबुक यस दशकमा सबैभन्दा बढि पटक डाउनलोड गरिएको एप हो । फेसबुकलाई विश्वभरका करीब साढे २ अर्ब मानिसले प्रयोग गरेका छन् ।
२. फेसबुक म्यासेन्जर
विश्वमा सबैभन्दा बढी पटक डाउनलोड गरिएको एपको रिपोर्टमा दोश्रो स्थानमा फेसबुक म्यासेन्जर रहेको छ । सन् २०११ मा आईओएस र एंन्ड्रोइड फोनमा लञ्च भएको फेसबुक म्यासेन्जर यस दशकमा मानिसबीच कुराकानी गराउने इन्टरनेट माध्यमको प्रथम स्थानमा छ ।
३. ह्वाट्सएप म्यासेन्जर
ह्वाट्सएप म्यासेन्जर दशकमा सबैभन्दा बढि डाउनलोड गरीएको एपको तेश्रो स्थानमा छ । इन्टरनेटको सहाराविना म्यासेज सेवा दिने माध्यम बनेका कारण ह्वाट्सएप निकै चर्चित बनेको थियो । यसको स्वामित्व अहिले फेसबुकसँग छ ।
४. इन्स्टाग्राम
इन्स्टाग्राम यस यस दशकमा सबैभन्दा बढी पटक डाउनलोड भएको एप्लिकेशनको चौथो स्थानमा छ । फोटो र भीडियो शेयर गर्ने प्लेटफर्म बनेको इन्स्टाग्राम पनि फेसबुकद्वारा सञ्चालित छ ।
५. स्न्याप च्याट
स्न्याप च्याट स्न २०११ मा लञ्च गरिएको थियो । यो थोरै समयमा नै धेरै मानिसबीच चर्चित भएको थियो । स्न्याप च्याट सबैभन्दा बढी डाउनलोड गरिएको एपको पाचौं स्थानमा छ ।
६. स्काइप
दूरसञ्चार एप्लिकेसन स्काइप भिडियो कलिङ र भ्वाइस च्याटको सेवामा निकै चर्चामा रह्यो । स्काइप दशकको सबैभन्दा बढि डाउनलोड गरिएको एप्लिकेशनको सूचीमा छैठौं स्थानमा छ ।
७. टिकटक
अहिले निकै चर्चित रहेको टिकटक भिडियो शेयरिङ गर्ने एक सोसल नेटवर्किंङ हो । जसको स्वामित्व चीनसँग छ । सन् २०१७ मा लञ्च भएको टिकटक यस दशकमा सबैभन्दा बढि पटक डाउनलोड गरिएको एप्लिकेशनको ७ औं स्थानमा छ ।
८. यूसी ब्राउजर
अलीबाबा ग्रुपद्वारा सञ्चालित, यूसी ब्राउजÞर एक वेब ब्राउजÞर हो । यस दशकमा सबैभन्दा बढी डाउनलोड भएको एप्सिकेशनको श्रेणीमा आठौं स्थानमा रहेको यूसी ब्राउजÞर एसियाको केही देशमा गुगल क्रोमलाई समेत पछि पारेको थियो ।
९. यूट्यूब
सन् २०१० को दशकमा सबैभन्दा बढी पटक डाउनलोड गरिएको एप्सिकेशनको श्रेणीमा ९ औं नम्बरमा रहेको यूट्यूब एक भिडियो शेयरिङ प्लेटफर्म हो । अहिलेका पुस्ताले निकै रुचाएको युट्युबले टेलिभिजनलाई विस्थापित गर्ने सम्भावना समेत देखाएको छ ।
१०. ट्वीटर
दशौं स्थानमा रहेको ट्वीटर सन् २००६ मा लञ्च भएको थियो । विशेषगरी सेलिब्रेटीका बिचमा प्रभाव जमाउन सफल ट्वीटर विचार राख्ने प्लेटफर्मका रुपमा विकसित भएको छ । ट्वीटरमा २ सय ८० शब्द भन्दा बढी लेख्न पाइँदैन ।
प्रतिक्रिया