चेल्सीसँग घरेलु मैदानमा हार्‍यो आर्सनल « Khabarhub

चेल्सीसँग घरेलु मैदानमा हार्‍यो आर्सनल


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा आर्सनललाई स्तव्ध पार्न जोर्गीन्हो र टामी अब्राहमले एक एक गोल गरेका थिए ।

आर्सनलको इमिरेट्स स्टेडियममा सुरुवाती अग्रता भने आर्सनलले खेलको १३ औं मिनेटमा पिएरे एम्रिक औवामियाङको गोलबाट बनाएको थियो । तर, दोस्रो हाफको अन्तिम १० मिनेट भित्र दुई गोल गर्दै चेल्सीले जित निकालेको हो ।

खेलको ८३ औं मिनेटमा जोर्गीन्होले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । त्यसपछि खेलको ८७ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

जितसँगै चेल्सीले २० खेलबाट ३५ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । २४ अंक जोडेको आर्सनल १२ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ७ : ३६ बजे

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप