बेलायतमा राजनीतिक संकट-प्रधानमन्त्री मेको प्रस्ताव तेश्रोपटक अस्वीकृत « Khabarhub

बेलायतमा राजनीतिक संकट-प्रधानमन्त्री मेको प्रस्ताव तेश्रोपटक अस्वीकृत


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–बेलायत युरोपेली युनियन (इयु)बाट बाहिरिने विषयमा प्रधानमन्त्री टेरिजा मेले इयुसँग गरेको सम्झौता सम्बन्धी प्रस्ताव बेलायती संसद्ले तेश्रोपटक अस्वीकार गरेको छ ।

इयुबाट बाहिरिने यसअघि तोकिएको मिति २९ मार्च अर्थात् हिजो (शुक्रबार) संसद्मा भएको मतदानमा मेले गरेको सम्झौता पारित गर्ने पक्षमा २ सय ८६ र विपक्षमा ३ सय ४४ मत परेको थियो ।

यसअघि जनवरी र गत मार्च १२ मा पनि मेको सम्झौतासम्बन्धी प्रस्ताव भारी मतले अस्वीकार भएको थियो । प्रधानमन्त्री मेले संसद्ले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि दुःख प्रकट गरेकी छिन् ।

यता विपक्षी नेता जेरेमी कोर्बेनले भने मेले इयुसँग गरेको प्रस्ताव संसदले तीन पटकसम्म अस्वीकार गरिसकेकाले अब इयुसँगको सम्झौता परिवर्तन हुनुपर्ने जनाएका छन् ।

बेलायत इयुबाट बाहिरिने मिति हिजो २९ मार्चमा सकिनुपर्ने भएपनि प्रधानमन्त्री मेले इयुसँग गरेको सहमति अनुसार प्रधानमन्त्री मेको प्रस्ताव पारित नभएका कारण बेलायत इयुबाट बाहिरिने मिति अप्रिल १२ मा सिमित भएको छ । सोही सहमति अनुसार इयुले मेको प्रस्ताव पारित भए बेलायत इयुबाट बाहिरिने मिति लम्ब्याएर मे महिनाको २२ सम्म पुर्‍याउन सकिने जनाएको थियो ।

इयुबाट बाहिरिने मिति केवल २ साता रहेकाले बेलायत बिना कुनै सम्झौता बाहिरिनसक्ने खतरा बढेको छ । बिनासम्झौता इयुबाट बाहिरिए बेलायतको अर्थतन्त्रमा ठूलो नकारात्मक असर पर्नसक्ने बताइन्छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  १० : ५१ बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा