पूर्व प्रधानमन्त्री चन्दको पछुवा भ्यानले स्कुटरलाई ठक्कर दिएर भाग्यो, चन्द भन्छन्– चोटपटक लागेको भएमा म भेट्न जानेछु « Khabarhub

पूर्व प्रधानमन्त्री चन्दको पछुवा भ्यानले स्कुटरलाई ठक्कर दिएर भाग्यो, चन्द भन्छन्– चोटपटक लागेको भएमा म भेट्न जानेछु


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा खटिएको पछुवा भ्यानले एक स्कुटरलाई ठक्कर दिएर भागेको छ । भ्यानले स्कुटरलाई ठक्कर दिएर भागेको भीडियो सामाजिक सञ्जालमा आएसँगै भाइरल भएको छ । भिडियोमा देखिएको दृश्य अनुसार भ्यानले नयाँ बानेश्वर सडक खण्डमा स्कुटरलाई ठक्कर दिएर भागेको देखिएको छ ।

भिडियोमा देखिए अनुसार शसस्त्र प्रहरीको बा १ झ ९५२९ नम्बरको भ्यानले अर्को लेन तर्फ रेहेको स्कुटरलाई पछिल्लो भागले ठक्कर दिन्छ र भाग्छ । तीव्र गतिमा रहेको भ्यानले ठक्कर दिएपछि स्कुटर सडकमा पछारिन्छ । स्कुटर युवाले चलाइरहेका देखिएको छ भने पछाडि महिला बसेकी छिन् ।

भ्यानले ठक्कर दिएपछि दुबै जना सडकमा लड्छन्, संयोग उनीहरुको स्कुटरसँगसँगै कुदिरहेको मोटरसाइकल भने रोकिन्छ ।

स्कुटरलाई ठक्कर दिएपछि उनीहरुको उद्दार र उपचारमा लाग्नुको सट्टा सुरक्षा निकायको भ्यान भागेको भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त भइरहेको छ ।

आफ्नो सुरक्षामा रहेको सवारीले स्कुटरलाई ठक्कर दिएको भिडियो सामाजिक सञ्जालमा आएपछि पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले यसबारे प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमा आफ्ना बारेमा नराम्रा कमेन्ट देखेर दुखित भएको जनाएका छन् ।

पूर्व प्रधानमन्त्री चन्दले स्कूटर दुर्घटना भएको बारे आफूले आज मात्र थाहा पाएको र स्कुटरमा सवार व्यक्तिलाई चोटपटक लागेको भएमा आफू भेट्न जाने बताएका छन् ।

यस्तो छ पूर्वप्रधानमन्त्री चन्दको स्टाटस्

मिती २०७५/१२/१५ गतेका दिन नयाँ बानेश्वर स्थित ५:४५ बजे तिर मेरो सुरक्षामा रहेको भ्यान र एउटा स्कुटर दुईवटा गाडीको बिचमा परेर आतिएर भ्यानको पछिल्लो भागमा ठोकिँदै लडेको र लगत्तै उठि हिडेको मलाई आज १६ गते सुरक्षा कर्मीले जानकारी गरायो । यसमा म अनविज्ञ थिए तर विभिन्न फेस्बुक,मिडियाहरु मा मेरो बारेमा विभिन्न नराम्रा कमेन्ट देख्दा म दुखित छु । साथै स्कुटरमा सवार ब्यक्ति को हुन यदि कुनै किसिमको चोटपटक लागेको भएमा म भेट्न जानेछु जानकारी दिन अनुरोध गर्दछु । धन्यवाद !

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ३ : ५० बजे

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले