६ जनालाई ‘नइ पुरस्कार’, पुरस्कारका राशि जनही एक लाख  « Khabarhub

६ जनालाई ‘नइ पुरस्कार’, पुरस्कारका राशि जनही एक लाख 


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नइ प्रकाशनले विविध क्षेत्रका छ जना व्यक्तिहरूलाई २०७५ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ ।

सनातन हिन्दूधर्म, संस्कृतिको संवर्द्धन, संरक्षण तथा जागरणका लागि मन, वचन र कर्मबाट समर्पित  स्वामी रमणानन्द गिरीलाई ‘नइ चन्द्रधन पुरस्कार’ दिने गर्ने निर्णय भएको छ ।

नेपालको राष्ट्रियता र राष्ट्रिय भौगोलिक अखण्डताका लागि सदैव चिन्तन, विश्लेषण र प्रचारप्रसारमा अहोरात्र समर्पित भएर मातृभूमिप्रति दिएको विशिष्ट योगदानका लागि चन्द्रप्रकाश मैनालीलार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ दिने गर्ने निर्णय भएको छ ।

त्यसै गरी नेपाली भाषाको श्रीवृद्धिका लागि अनवरत समर्पित रहँदै देशदेशान्तरमा नेपाली साहित्यको प्रतिष्ठा बढाउन विशिष्ट योगदानका निम्ति प्रा.डा.चूडामणि बन्धुलाई ‘नइ खरा सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

नेपालको आधुनिक इतिहासलाई निष्पक्ष र सकारात्मक रुपमा परिमार्जन गर्दै नेपालको इतिहासको अध्ययनमा नै समर्पित प्रा.डा.त्रिरत्न मानन्धरलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

साढे सात दशकअघिदेखि चित्रकलामा अविछिन्न समर्पित रहँदै नेपालमा पहिलोपल्ट एकल चित्रकला समेत प्रदशर्नी गर्ने गेहेन्द्रमान अमात्यलाई ‘नइ यउजा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउने स्याङ्जाका श्री देवीप्रसाद वनवासीलाई ‘नइ धनरुप पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

ताम्रपत्रका साथै यी सबै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०० औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंमा शताब्दी पुरुषकै हातबाट ‘नइ पुरस्कार’हरू समर्पण गरिने छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ७ : ३५ बजे

खोटाङको धन्नेश्वरी गुफा सरसफाइ

खोटाङ– खोटाङको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको

भेनेजुयलामा तत्काल चुनाव नगर्न अमेरिकी दबाब

वासिङ्टन – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत

टी-२० विश्वकप : बंगलादेशको टोली घोषणा

काठमाडौं – आईसीसी टी-२० विश्वकपका लागि बंगलादेशले टिम घोषणा गरेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

ला लिगा : शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाउँदै रियल

काठमाडौं – स्पेनिस ला लिगा तालिकाको पहिलो स्थानको बार्सिलोनासँग दोस्रो