थाई नरेशद्वारा पूर्व प्रधानमन्त्री सिनावात्रालाई दिइएको राजकीय सम्मान फिर्ता « Khabarhub

थाई नरेशद्वारा पूर्व प्रधानमन्त्री सिनावात्रालाई दिइएको राजकीय सम्मान फिर्ता


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड– थाई नरेश महा वजिरलङ्कोर्णले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई दिइएको राजकीय सम्मान फिर्ता गर्ने घोषणा गरेका छन् ।

शनिबार थाइल्याण्डको राजपत्रमा प्रकाशित दस्तावेजमा नरेश महा वजिरलङ्कोर्णले सिनावात्रालाई दिइएको राजकीय सम्मान र पदवीहरु फिर्ता गर्ने घोषणा गरेका हुन् ।

हाल सत्तामा रहेको सैनिक सरकार समर्थित दलसँग सिनावात्राको समर्थनमा रहेको राजनीतिक दलले आम निर्वाचनमा प्रतिस्पर्धा गरेको एक साता नबित्दै नरेश महा वजिरलङ्कोर्णले थाक्सिनलाई दिइएको राजकीय पदवी र सम्मान फिर्ता गर्ने घोषणा गरेका हुन् ।

सन् २००८ मा सिनावात्राविरुद्ध भ्रष्टाचार अभियोगमा अदालतले फैसला सुनाएको र उनले मुलुक छाडेर गैर जिम्मेवार काम गरेकाले राजाले उनलाई दिइएको सम्मान फिर्ता गर्नुपरेको राजपत्रमा प्रकाशित दस्तावेजमा उल्लेख छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ९ : ५० बजे

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा