सरकार अधिनायकवादी दिशामा उन्मुखः सभापति देउवा « Khabarhub

सरकार अधिनायकवादी दिशामा उन्मुखः सभापति देउवा


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गुल्मी– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना बढेको आरोप लगाएका छन् । सभापति देउवाले सरकार सेनालाई पनि आफ्नो नियन्त्रणमा राखेर एकदलीय अधिनायकवादी शासन सञ्चालन गर्ने दिशामा उन्मुख रहेको बताएका छन् ।
नेपाली कांग्रेस गुल्मीले शनिबार सदरमुकाम तम्घासमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनमा पार्टी सभापति देउवाले उक्त विचार व्यक्त गरेका हुन् । जनतालाई शुसासन दिइ उनीहरुको आर्थिकस्तर माथि उकास्नुको साँटो वर्तमान सरकार जनतालाई कर बढाउनतर्फ उद्दत रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार संघीयता र संविधानको विरुद्धमा गएको आरोप लगाए । उनले वर्तमान सरकार राष्ट्रवादको भ¥याङ चढेर अधिनायकवादको शिखरमा चढ्ने रणनीतिमा रहेको टिप्पणी गरे । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला र सहमहामन्त्री प्रकाशशरण महतलगायतका केन्द्रीय नेताहरुले सरकारको आलोचना गरेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  १० : ४१ बजे

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)  

काठमाडौं– डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित