वडाध्यक्षकै सिफारिसमा जन्ती राख्न विद्यालय बन्द ! | Khabarhub Khabarhub

वडाध्यक्षकै सिफारिसमा जन्ती राख्न विद्यालय बन्द !


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धनुषाको एउटा विद्यालयले जन्ती राख्नका लागि पठनपाठन बन्द गराएको छ । नगराइन नगरपालिका–७, देबडिहास्थित राष्ट्रिय निम्न माविले वडाध्यक्ष रामदुलार मुखियाको सिफारिसमा बैशाख १३ र १४ गते बिदा दिएको कान्तिपुर दैनिकमा खबर छ ।

नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै जन्ती राख्नैका लागि ६ दिन विद्यालय बन्द भइसकेको छ । यसअघि वैशाख ३ र ४ तथा ११ र १२ गते बिदा दिइएको थियो । तीनै पटक वडाध्यक्षको लिखित सिफारिसमा बिदा दिइएको प्रधानाध्यापक प्रेमलाल पासवानले बताए । ‘गाउँमा छोरीको विवाह हुँदा स्थानीयले विद्यालयमै जन्ती राख्ने गरेका छन्,’ पासवानले भने ।

कक्षा ८ सम्म पढाइ हुने यो विद्यालय नगराइन नगरपालिकाको ७ र ८ वडाको बीचमा पर्छ । दुवै वडाका स्थानीयले वडाध्यक्ष मुखियाको सिफारिस ल्याउने गरेको पासवानले बताए ।

शिक्षक बिल्टु मण्डलका अनुसार जन्ती राख्न विद्यालयले नमानेपछि स्थानीयले वडाध्यक्षको लिखित सिफारिस ल्याएका हुन् । जन्ती राख्दा पटक–पटक विद्यालय बन्द गर्नुपरेको उनले बताए । ‘जन्तीले विद्यालय परिसरमै मदिरा सेवन गरेर खाली बोतल फाल्ने, खाजाका प्याकेट, चिया गिलास, पराललगायत फोहोर फाल्छन्,’ उनले भने, ‘जथाभावी शौचसमेत गरिदिन्छन् ।’

नगराइन नगरपालिका–१ को आधारभूत विद्यालय हाँसपट्टी र लक्ष्मीनियाँ गाउँपालिका–३ को जनता निमाविमा पनि विद्यालयमै जन्ती राखेर भोजभतेर गर्ने गरिएको छ । विद्यालयमा जन्ती राख्दा विद्यार्थीलाई मनोवैज्ञानिक असर परेको स्थानीय बताउँछन् ।

१० करोड माग्दै सांसद शीर्षकको अर्को समाचारमा अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसके पनि नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदहरुले आफ्नै तजबिजमा खर्च गर्ने बजेट बढाउन दबाब दिन थालेका छन् । नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा प्रतिनिर्वाचन क्षेत्र ४ करोड रुपैयाँ बजेटलाई १० करोड पुर्‍याउन सांसदहरुले लबिङ शुरु गरेका छन् ।

त्यस्तै सरकारी जान्दाजान्दै एनआरएनद्वारा बालुवाटारको जग्गा खरिद शीर्षकको समाचारमा बालुवाटार जग्गा प्रकरणमा गैरआवासीय नेपाली संघको समेत संलग्नता रहेको भेटिएको छ । सरकारी जग्गा विवादास्पद ढंगले व्यक्तिका नाममा दर्ता भएको थाहा पाउँदापाउँदै पनि एनआरएनका केही पदाधिकारीले जबर्जस्ती खरिद गरेको भेटिएको छ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ७ : २३ बजे

खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी सरकारको नीति : मुख्यमन्त्री पाण्डे

गोरखा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनलाई अगाडि बढाउने

एक महिनापछि राइड सेयरिङको नियम लागू हुनेमा मुख्यमन्त्री पाण्डेको आपत्ति

काठमाडौं– यातायात व्यवसायीहरूले एक महिनापछि राइड सेयरिङको नियम लागू हुने

भिजिट भिसा प्रकरण छानबिनबारे कांग्रेसलाई रास्वपाको पाँच बुँदे प्रस्ताव

काठमाडौं- संघीय संसद्को प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट

७२ जिल्लामा फैलियो डेङ्गी

काठमाडौं– मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि

सिटामोलका तीन पोस्टर : तानवमा सौगात, बेनिशा ग्रामिण महिला

काठमाडौं – साउन २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘सिटामोल’को