प्याड दिने मेसिन : २ रुपैयाँ हाल्नुस्, प्याड खस्छ « Khabarhub

प्याड दिने मेसिन : २ रुपैयाँ हाल्नुस्, प्याड खस्छ


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका बेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्ने हुन्छ। धेरैले नियमित पढाइ नै छुटाउँछन्। यहाँसम्म कि ४/५ दिन घरमै बस्नुपर्ने अवस्थासमेत आउने गरेको आदिकवि भानुभक्त क्याम्पसकी बीआईसीटीमा अध्ययनरत छात्रा अस्मिता अधिकारी बताउँछिन्।

भन्छिन्, ‘स्कुल होस् वा क्याम्पसमा पढिरहेका बेला महिनावारी भइहाल्यो भने बीचमै छाडेर हिँड्नुपर्ने अवस्था छ।’ अचानक महिनावारी भइहाल्यो भने सेनेटरी प्याड सहज रूपमा नपाइनाले छात्राले बीचमै पढाइ छाड्छन्। महिनावारी भएका ३/४ दिन नियमित पढाइनै छुटाउँने गरेको कान्तिपुर दैनिकमा खबर छ ।

विद्यार्थी संख्याको ८० प्रतिशत छात्रा अध्ययन गर्ने तनहुँको व्यास नगरपालिका–१ भादगाउँको आदिकवि भानुभक्त क्याम्पसमा पनि यस्तै समस्या देखिन थालेपछि सेनेटरी न्याप्किन प्याड भेन्डिङ मेसिन जडान गरिएको छ। महिनैपिच्छे अधिकांश छात्राले नियमित पढाइ छाड्ने तथा ३/४ दिनसम्म छात्रा क्याम्पस नआउने गरेकाले विभिन्न संघसंस्थाको सहयोगमा सेनेटरी प्याडसहित आधुनिक भेन्डिङ मेसिन जडान गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खले बताए। ‘क्याम्पसमा २ हजार ३ सय हाराहारी विद्यार्थीमध्ये १ हजार ६ सयजति छात्रा छन्, अधिकांशले महिनाबारीका समयमा ३/४ दिनसम्म पढाइ छुटाउने गरेका छन्,’ उनले भने ।

‘छात्राको समस्या बुझेर पढाइ नियमित गराउन प्याड मेसिन राखेका हौं। यसले छात्राका साथै महिला प्राध्यापक र कर्मचारीलाई पनि अब सहज हुनेछ,’ उनले भने। क्याम्पसलाई लायन्स क्लब अफ काठमाडौंले स्वचालित तथा आधुनिक सेनेटरी न्याप्किन प्याड भेन्डिङ मेसिन उपलब्ध गराएको हो। उक्त भेन्डिङ मेसिनमा दुई रुपैयाँको सिक्का प्रयोग गरी सेनिटरी न्याप्किन प्याड निकाल्ने व्यवस्था मिलाइएको क्याम्पसकी सहप्राध्यापक कल्पना लम्सालले बताइन्।

बीएडमा अध्ययनरत छात्रा सुमन गुरुङले भनिन्, ‘पढिरहेको समयमा अचानक महिनावारी हुँदा तत्काल प्याड किन्ने पर्याप्त पैसा पनि हुँदैनथ्यो, साथीहरूलाई भन्न तथा पुरुष शिक्षकसँग प्याडको कुरा गर्न पनि लाज लाग्थ्यो, अब मेसिनको प्रयोग गरी दुई रुपैयाँमै प्याड प्रयोग गर्न पाइयो भने पठनपाठनमा पनि सहज हुनेछ।’

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ६ : २८ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।