जीवनमा फिट रहने मोदीका मन्त्र- रुघा लागे ब्रत बस्ने, रिस उठे खाली कागजमा लेख्ने « Khabarhub

जीवनमा फिट रहने मोदीका मन्त्र- रुघा लागे ब्रत बस्ने, रिस उठे खाली कागजमा लेख्ने


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बलिउडका एक्शन किंग अक्षय कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तर्वार्ता लिए । अन्तर्वार्ताको विषय मोदीको राजनीतिभन्दा फरक थियो । अर्थात भारतको नेतृत्व सम्हालेका मोदीको जीवन शैलीका विषयमा अन्तर्वार्ता केन्द्रित भयो । अक्षय कुमारसँगको कुराकानीमा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ने जीवनको रोचक कुरा सार्वजनिक गरे । उनले आफूलाई फिट राख्न चालेको भूमिका र दैनिक कसरतका विषयमा खुलेरै कुरा गरे ।

रुघाको उपचार कसरी गर्छन मोदी

कुराकानीका क्रममा मोदीलाई रुघाखोकीको उपचारका बारेमा प्रश्न गरियो । मोदीले रुघाखोकीको उपचारका लागि तीन काम गर्ने सुनाए । उनका तीन काम यस्ता छन् :

पहिलो : मोदी रुघा लाग्दा तातोपानी मात्र पिउने गर्छन ।
दोस्रो : उनी ब्रत बस्छन् । जसले उनका लागि रुघाको उपचारका रुपमा काम गर्छ ।
तेस्रो : तातो सरसोको तेलको केही थोपा नाकमा हाल्छन् ।

अन्तर्वार्ताका क्रममा अक्षय कुमारले नरेन्द्र मोदीलाई भने, ‘मैले सुनेअनुसार तपाईं ३ घण्टा मात्र सुत्नु हुन्छ । जबकी शरीरलाई कम्तीमा ७ घण्टाको निन्द्रा आवश्यक पर्छ ।’ यो प्रश्नको जवाफ पनि मोदीले तीनघण्टाभन्दा बढी आफूलाई सुन्त नपर्ने बताए । उनले भने, ‘म ३ देखि साढे ३ घण्टामात्र सुत्छु । मेरो शरीरको साईकल यस्तै छ । मलाई ३ घण्टाभन्दा माथि निन्द्रा नै लाग्दैन् । मेरो निन्द्रा नै थोरै समयमा पूरा हुन्छ ।’

भारतीय प्रधानमन्त्री मोदीले आफूलाई अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले पनि धेरै सुत्न सल्लाह दिएको बताए ।

उनले अन्तर्वार्ताका क्रममा आफूले धेरै कठिन जीवन बिताएर यो स्थानमा आएको बताएका छन् । उनले आफ्नो खुट्टा गाम्छाले बाँधेर आफैं मसाज गर्ने गरेको पनि सुनाए ।

यसरी रिसलाई नियन्त्रण गर्छन मोदी

प्रधानमन्त्री मोदीले आफूले रिस नियन्त्रण गर्ने बताएका छन् । उनको रिस नियन्त्रण गर्ने गज्जबको तरिका छ । त्यो तरिका बारे उनले भने, ‘मलाई मन नपर्ने घटनाकाको विषयमा म आफैं विश्लेषण गर्छु । एउटा खाली कागज लिएर बस्छु । अनि त्यो कागजमा घटनाका बारेमा सबै कुरा लेख्छु । राम्रो पक्ष, नराम्रो पक्ष, कमिकमजोरी हुनाको कारण । त्यसपछि त्यो पेपरलाई च्यातेर फालिदिन्छु ।’

यो कार्यले सबै रिस मर्ने गरेको भन्दै मोदीले यति गर्दा पनि रिस शान्त नभएमा फेरि त्यही घटना दोहोर्‍याउँथे । यसरी आफ्नो रिस उनी आफैं शान्त पार्ने गरेको ओलीले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  २ : १५ बजे

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

कास्की– पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको

हिट फिल्मको सिक्वेल छोडेर ‘रोल नम्बर १’ गर्ने मुकुन

काठमाडौँ- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नम्बर १’को स्लोगान

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक