नयाँ फिल्म साइन गर्न किन डराइरहेका छन् शाहरुख खान ? « Khabarhub

नयाँ फिल्म साइन गर्न किन डराइरहेका छन् शाहरुख खान ?


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – डिसेम्बर २०१८ मा शाहरुख खानको फिल्म ‘जिरो’ बक्स अफिसमा असफल रह्यो । यो फिल्मबाट उनी निकै आशावादी थिए । तर, फिल्म चिप्लियो । बक्स अफिसमा फिल्म फ्लप भएको स्वीकार्न पनि शाहरुख खान पछि हटेनन् ।

हालै चीनमा दिएको एक अन्तर्वार्तामा शाहरुख खानले अब आफूलाई अभिनय गर्ने मन नलागेको बताएका छन् । उनले उक्त अन्तर्वार्तामा भने, ‘अब मलाई अभिनय गर्न खासै मन लागेको छैन, सोचिरहेको छु कि, अब म फिल्म हेरुँ, स्किृप्ट सुनूँ र किताब पढुँ ।’

उनले आफ्नो छोराको क्याम्पस जीवन पनि सकिन लागेको बताएका छन् । उनकी छोरी सुहाना भने अझै पनि कलेजमै पढ्दैछिन् । शाहरुखले अब आफ्नो बाँकी समय परिवारसँग बिताउन चाहेको पनि बताएका छन् ।

‘मैले पहिले पनि भनेको थिएँ, कि म जुन महिनाबाट फिल्म शुरु गर्नेछु, तर अब गर्ने छैन, जब मेरो दिलले फिल्ममा काम गर्न भन्छ, त्यसपछि मात्र मैले अभिनय गर्नेछु । जब यो मन मनबाट आउनेछ ।,’ शाहरुखले भनेका छन् ।

उनले अहिले पनि कैयन् कहानी सुन्ने गरेको र झण्डै २० वटा फिल्मको स्किृप्ट सुनिसकेको बताए । तीमध्ये केही भने उनलाई मन परेको छ । तर फिल्ममा खेल्ने नि नखेल्ने भन्नेमा उनले कुनै निर्णय दिन सकेका छैनन् । ‘यदि मैले फिल्म खेल्ने भएँ भने फिल्मको शूटिङ तुरुन्तै शुरु हुनेछ ।,’ शाहरुखले भने ।

उनको ब्यानरमा बनेको फिल्म ‘बदला’ बक्स अफिसमा हिट भएको थियो । उनले अभिनय र आशा गरेको फिल्म ‘जिरो’ बक्स अफिसमा असफल भएको थियो । जसकारण उनी नयाँ फिल्ममा काम गर्न डराइरहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  २ : ४५ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक