नयाँ फिल्म साइन गर्न किन डराइरहेका छन् शाहरुख खान ? « Khabarhub

नयाँ फिल्म साइन गर्न किन डराइरहेका छन् शाहरुख खान ?


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – डिसेम्बर २०१८ मा शाहरुख खानको फिल्म ‘जिरो’ बक्स अफिसमा असफल रह्यो । यो फिल्मबाट उनी निकै आशावादी थिए । तर, फिल्म चिप्लियो । बक्स अफिसमा फिल्म फ्लप भएको स्वीकार्न पनि शाहरुख खान पछि हटेनन् ।

हालै चीनमा दिएको एक अन्तर्वार्तामा शाहरुख खानले अब आफूलाई अभिनय गर्ने मन नलागेको बताएका छन् । उनले उक्त अन्तर्वार्तामा भने, ‘अब मलाई अभिनय गर्न खासै मन लागेको छैन, सोचिरहेको छु कि, अब म फिल्म हेरुँ, स्किृप्ट सुनूँ र किताब पढुँ ।’

उनले आफ्नो छोराको क्याम्पस जीवन पनि सकिन लागेको बताएका छन् । उनकी छोरी सुहाना भने अझै पनि कलेजमै पढ्दैछिन् । शाहरुखले अब आफ्नो बाँकी समय परिवारसँग बिताउन चाहेको पनि बताएका छन् ।

‘मैले पहिले पनि भनेको थिएँ, कि म जुन महिनाबाट फिल्म शुरु गर्नेछु, तर अब गर्ने छैन, जब मेरो दिलले फिल्ममा काम गर्न भन्छ, त्यसपछि मात्र मैले अभिनय गर्नेछु । जब यो मन मनबाट आउनेछ ।,’ शाहरुखले भनेका छन् ।

उनले अहिले पनि कैयन् कहानी सुन्ने गरेको र झण्डै २० वटा फिल्मको स्किृप्ट सुनिसकेको बताए । तीमध्ये केही भने उनलाई मन परेको छ । तर फिल्ममा खेल्ने नि नखेल्ने भन्नेमा उनले कुनै निर्णय दिन सकेका छैनन् । ‘यदि मैले फिल्म खेल्ने भएँ भने फिल्मको शूटिङ तुरुन्तै शुरु हुनेछ ।,’ शाहरुखले भने ।

उनको ब्यानरमा बनेको फिल्म ‘बदला’ बक्स अफिसमा हिट भएको थियो । उनले अभिनय र आशा गरेको फिल्म ‘जिरो’ बक्स अफिसमा असफल भएको थियो । जसकारण उनी नयाँ फिल्ममा काम गर्न डराइरहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  २ : ४५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले