वुमन्स टि–२० लिग अब जेष्ठ अन्तिम साता हुने | Khabarhub Khabarhub

वुमन्स टि–२० लिग अब जेष्ठ अन्तिम साता हुने


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एन सी एल स्पोर्ट्स प्रालिद्वारा आयोजना हुन लागेको ‘वुमन्स टि–२० लिग’ को मिति सारिएको छ । मंगलबार नयाँ मिति अनुसार प्रतियोगिता जेष्ठ २४ गतेदेखि ३० गतेसम्म किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुनेछ ।

एनसिएल स्पोर्ट्स प्रालिले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै राखेपको समन्वयमा ‘वोमेन्स टि–२० लिग क्रिकेट प्रतियोगिता’ आगामी जेष्ठ अन्तिममा गर्ने निर्णय गरेको जानकारी गराएको हो ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा किर्तिपुर मैदानमा आयोजना हुँदै आएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितासँग मिति जुधेपछि ‘परिषद्’ कै सक्रियतामा नयाँ मिति तोकिएको आयोजकले जानकारी दिएको हो ।

प्रतियोगिता घोषित मितिमै सम्पन्न गर्न मार्की प्लेयरको घोषणा सहित खेलाडीको अक्सन समेत भएर तयारी पूरा रहेको अवस्थामा मैदान एवम् अनुमति लगायतको प्राबिधिक कठिनाइका कारण मिति परिवर्तन गर्नु परेको जनाइएको छ ।  प्रतियोगिता यसअघि जेष्ठ ६–१३ सम्म संचालन हुने तय भएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ३ : ५९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको