वुमन्स टि–२० लिग अब जेष्ठ अन्तिम साता हुने « Khabarhub

वुमन्स टि–२० लिग अब जेष्ठ अन्तिम साता हुने


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एन सी एल स्पोर्ट्स प्रालिद्वारा आयोजना हुन लागेको ‘वुमन्स टि–२० लिग’ को मिति सारिएको छ । मंगलबार नयाँ मिति अनुसार प्रतियोगिता जेष्ठ २४ गतेदेखि ३० गतेसम्म किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुनेछ ।

एनसिएल स्पोर्ट्स प्रालिले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै राखेपको समन्वयमा ‘वोमेन्स टि–२० लिग क्रिकेट प्रतियोगिता’ आगामी जेष्ठ अन्तिममा गर्ने निर्णय गरेको जानकारी गराएको हो ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा किर्तिपुर मैदानमा आयोजना हुँदै आएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितासँग मिति जुधेपछि ‘परिषद्’ कै सक्रियतामा नयाँ मिति तोकिएको आयोजकले जानकारी दिएको हो ।

प्रतियोगिता घोषित मितिमै सम्पन्न गर्न मार्की प्लेयरको घोषणा सहित खेलाडीको अक्सन समेत भएर तयारी पूरा रहेको अवस्थामा मैदान एवम् अनुमति लगायतको प्राबिधिक कठिनाइका कारण मिति परिवर्तन गर्नु परेको जनाइएको छ ।  प्रतियोगिता यसअघि जेष्ठ ६–१३ सम्म संचालन हुने तय भएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ३ : ५९ बजे

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

बाढीपीडितलाई प्रधानमन्त्रीले भने- यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य साथमा छ

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति

बाढीका कारण ‘२०८३ को गाईजात्रा’ कार्यक्रम स्थगित : मनोज गजुरेल

काठमाडौं–  रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको

भोटेकोशी बाढी : हालसम्म ७३ जनाको शव भेटियो

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण