सिरहामा विवाह रोकियो, दुलही लिन गएका जन्ती बीचबाटै फर्के « Khabarhub

सिरहामा विवाह रोकियो, दुलही लिन गएका जन्ती बीचबाटै फर्के


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको मिर्चैयामा विवाहको सम्पूर्ण चाँजोपाँजो मिलाएर दुलही लिनका लागि जन्ती हिडिसकेको अवस्थामा विवाह रोकिएको छ ।

बालविवाह हुन लागेको थाहा पाएपछि उक्त विवाह गैह्र कानूनी भएको भन्दै प्रहरीले दुवै पक्षलाई सम्झाउँदै विवाह रोकेको हो । प्रहरी विवाहस्थलमै पुगेर विवाह रोकेपछि बेहुला र जन्ती बाटोबाटै फर्किएका थिए।

सिरहाको मिर्चैया नगरपालिका १२ सिक्रौन गाउँमा बिबाह हुन लागेको थियो । दुलही बन्न लागेकी सियाकुमारी कामैत उमेरले जम्मा १५ वर्ष पुगेकी छन् ।

बालिकाको विवाहको लागि उमेर नै नपुगेको थाहा पाएपछि अधिकारकर्मीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अधिकारकर्मी र वडाध्यक्ष सहितको समन्वयमा जन्ती आउनुअघि नै गाउँमा पुगेर विवाह रोकेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ४ : ११ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन