वर्षा शिवाकोटीका लागि विशेष बन्ला ‘वीर विक्रम २’? | Khabarhub Khabarhub

वर्षा शिवाकोटीका लागि विशेष बन्ला ‘वीर विक्रम २’?


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वर्षा शिवाकोटीको फेसबूकबाट

काठमाडौं – नायिका वर्षा शिवाकोटी अभिनित फिल्म ‘वीर विक्रम २’ प्रदर्शनको क्रममा छ । फिल्मको विशेष प्रिमियर पनि गर्ने तयारीमा निर्माण टिम छ । फिल्म आउँदो जेठ ३ गतेदेखि प्रदर्शन हुँदैछ । चलचित्रमा दुई हिरोकी एक्ली नायिका बनेकी छिन्, वर्षा शिवाकोटी ।

एकपछि अर्को गर्दै फिल्ममा अभिनय गरेर पनि खासै चर्चा बटुल्न नसकेकी वर्षा बेलाबेलामा आफ्ना अभिव्यक्तिले चर्चामा आउने गर्छिन् । म्युजिक भिडियो र फिल्ममा व्यस्त छिन् उनी आजभोलि ।

केही दिनअघि ट्रेलर सार्वजनिक गरिएको फिल्म ‘वीर विक्रम २’ मा उनी शीर्ष भूमिकामा रहेको देख्न सकिन्छ । फिल्मबाट वर्षाले कस्तो प्रतिक्रिया पाउने हुन्, त्यो दर्शकले फिल्म हेरेपछि निर्णय गर्ने कुरा हो । अहिले भने उनको राम्रै तारिफ भइरहेको छ । सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने वर्षाले सामाजिक सञ्जालमा फिल्मका बारेमा पोस्ट गरिरहेकी हुन्छिन् ।

उनी अभिनित फिल्म ‘पशुपतिप्रसाद’ चर्चित भए पनि सो फिल्मबाट अझ बढी चर्चा खगेन्द्र लामिछानेको भयो । केही समयअघि उनको मुख्य भूमिका रहेको फिल्म ‘पुरानो बुलेट’ खासै सफल रहेन । यद्यपि अहिले भने ‘वीर विक्रम २’ बाट उनी निकै आशावादी छिन् ।

मिलन चाम्सले निर्देशन गरेको र यसअघि फिल्म ‘वीर विक्रम’ चलेका कारणले पनि यो फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने धेरैले अनुमान गरेका छन् । अर्कातिर फिल्ममा पल शाह, बुद्धि तामाङ र नाजिर हुसेन पनि मुख्य भूमिकामा छन् ।

वर्षाका लागि यो फिल्म किन पनि महत्त्वपूर्ण छ भने, यो फिल्ममा राम्रो टिम र कलाकारको अभिनय छ । यही कारणले पनि वर्षालाई फिल्मप्रति आशा छ । तर, दर्शकले वर्षालाई कत्तिको साथ दिन्छन्, त्यसका लागि भने जेठसम्म कुर्नैपर्ने भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ५ : ३५ बजे

काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौँ जिल्लाका

गठबन्धनमा गडबड : कांग्रेस भन्छ- नयाँ खबर सुन्न पाइन्छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सत्ता गठबन्धनमा हलचल

साताको अन्तिम नेप्से १९.५६ अंकले घट्यो

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) दोहोरो अंकले

विश्व सम्पदा दिवसको अवसरमा ‘हेरिटेज वाक’ (तस्बिरहरु)

काठमाडौं–  आज विश्व सम्पदा दिवसको अवसरमा  ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ। 

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन