नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर दुर्घटनामा फस्न सक्ने प्रचण्डको चिन्ता « Khabarhub

नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर दुर्घटनामा फस्न सक्ने प्रचण्डको चिन्ता


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको कम्युनिस्ट आन्दोलनका विचारको खडेरी परेका बताएका छन् ।

वैचारिक बहसमा केन्द्रित नभए नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर दुर्घटनामा फस्ने खतरा रहेको पनि प्रचण्डको भनाइ छ ।

१ सय ३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले मजदुरहरुले पनि समाजवादी कित्ताको पक्षमा उभिएर अघि बढ्नुपर्ने बताए ।

विश्वमा ठूल्ठूला आन्दोलन, क्रान्ति र परिवर्तन विचारको बलमा भएको उल्लेख गर्दै प्रचण्डले भने, ‘नेपालमा पनि समाजवादको आधार निर्माण हुने गरी विचारको बहसलाई अघि बढाउन जरुरी छ ।’

अध्यक्ष दाहालले समाजवादको आधार तयार पार्न सोही अनुसारको पार्टी संगठन, विचार, कार्यशैली र संरचनाको सुधारमा सबैले जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ६ : ५६ बजे

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद