डेनमार्कमा गणतन्त्र विशेष कार्यक्रम « Khabarhub

डेनमार्कमा गणतन्त्र विशेष कार्यक्रम


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोपनहेगन- गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा बुधबार डेनमार्कको कोपनहेगनमा विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदूतावासले नेपाल पर्यटन वोर्ड तथा डेनमार्कस्थित विभिन्न संघसंस्थाहरुको सहयोग र सहकार्यमा कोपेनहेगनको अति व्यस्त सडक (वाकिङ्गस्ट्रिट) मा पन्चेबाजा, लाखे नाच सहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरेको थियो।

कार्यत्रममा कूटनीतिक नियोगका पदाधिकारीहरु, सरकारी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु र डेनमार्कमा बसोवास गर्ने नेपालीहरु वाकिङ्गस्ट्रिटमा हिड्ने ठूलो जनसमुदायको उपस्थिति तथा सहभागिता थियो । कार्यक्रममा नेपालका विभिन्न संस्कृति र भौगोलिक प्रतिनिनित्व हुने गरी पन्चे बाजा तथा लाखे, झागड, शेर्फा, तामाङ्ग, मारुनी, कुमारी, लोक नृत्यहरु सहितका कार्यक्रमहरु गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै राजदूत युवनाथ लम्सालले दुबै दिवसहरुको महत्व, आर्थिक विकासमा नेपालले दिएको प्राथमिकता, नेपालमा लगानीका विषयमा धारणा राखेका थिए । उनले गत साल पनि वाकिङ्गस्ट्रिटमा यस्तै कार्यक्रम गरिएको र ऊक्त कार्यत्रमलाई हरेक बर्ष नियमित पर्वको रुपमा वाकिङ्गस्ट्रिटमा नै गरिने बताए ।

कार्यक्रममा सहभागी नेपालीहरु आ–आफ्नै भेषभुषा तथा राष्ट्रिय पोशाकहरुमा सजिंएका थिए । साँस्कृतिक कार्यक्रमहरुको समन्वय ईनास, डेनमार्कले गरेको थियो र प्रचार प्रसारको समन्वय प्रभात किरणले गरेका थिए ।

कार्यक्रमस्थलमा नेपालको पर्यटन प्रवर्द्धन हुने खालका व्यानरहरुले सजाइनुका साथै प्रशस्त पर्यटन सामाग्रीहरु वितरण गरिएको डेनमार्कस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १२ : ४८ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ