डेनमार्कमा गणतन्त्र विशेष कार्यक्रम « Khabarhub

डेनमार्कमा गणतन्त्र विशेष कार्यक्रम


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोपनहेगन- गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा बुधबार डेनमार्कको कोपनहेगनमा विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदूतावासले नेपाल पर्यटन वोर्ड तथा डेनमार्कस्थित विभिन्न संघसंस्थाहरुको सहयोग र सहकार्यमा कोपेनहेगनको अति व्यस्त सडक (वाकिङ्गस्ट्रिट) मा पन्चेबाजा, लाखे नाच सहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरेको थियो।

कार्यत्रममा कूटनीतिक नियोगका पदाधिकारीहरु, सरकारी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु र डेनमार्कमा बसोवास गर्ने नेपालीहरु वाकिङ्गस्ट्रिटमा हिड्ने ठूलो जनसमुदायको उपस्थिति तथा सहभागिता थियो । कार्यक्रममा नेपालका विभिन्न संस्कृति र भौगोलिक प्रतिनिनित्व हुने गरी पन्चे बाजा तथा लाखे, झागड, शेर्फा, तामाङ्ग, मारुनी, कुमारी, लोक नृत्यहरु सहितका कार्यक्रमहरु गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै राजदूत युवनाथ लम्सालले दुबै दिवसहरुको महत्व, आर्थिक विकासमा नेपालले दिएको प्राथमिकता, नेपालमा लगानीका विषयमा धारणा राखेका थिए । उनले गत साल पनि वाकिङ्गस्ट्रिटमा यस्तै कार्यक्रम गरिएको र ऊक्त कार्यत्रमलाई हरेक बर्ष नियमित पर्वको रुपमा वाकिङ्गस्ट्रिटमा नै गरिने बताए ।

कार्यक्रममा सहभागी नेपालीहरु आ–आफ्नै भेषभुषा तथा राष्ट्रिय पोशाकहरुमा सजिंएका थिए । साँस्कृतिक कार्यक्रमहरुको समन्वय ईनास, डेनमार्कले गरेको थियो र प्रचार प्रसारको समन्वय प्रभात किरणले गरेका थिए ।

कार्यक्रमस्थलमा नेपालको पर्यटन प्रवर्द्धन हुने खालका व्यानरहरुले सजाइनुका साथै प्रशस्त पर्यटन सामाग्रीहरु वितरण गरिएको डेनमार्कस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १२ : ४८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका