बर्दियामा ३ युवती बेपत्ता « Khabarhub

बर्दियामा ३ युवती बेपत्ता


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियाको मधुवन नगरपालिका–५ मा ३ महिला एकै पटक बेपत्ता भएका छन् । एक हप्ता अघि गत बुधबार उनीहरु बेपत्ता भएको परिवारको भनाई छ ।

बेपत्ता हुनेमा मधुवन नगरपालिका–५ की १९ वर्षीया सुनिता ओली, १७ वर्षीया विनिता सापकोटा र १५ वर्षीया टीका नेपाली रहेको बर्दिया प्रहरीले जनाएको छ ।

घरबाट एकाएक बुहारी बेपत्ता भएपछि आफन्तकहाँ सोधिखोजी गरेको र नभेटेपछि प्रहरी समक्ष उजुरी दर्ता गराएको विनिताका ससुरा भीमराज सापकोटाले बताए । बेपत्ता भएका विनिता र सुनिता विवाहित हुन । टीका अविवाहित रहेको प्रहरीले जनाएको छ ।

साँझ घरमै रहेकी बुहारी भोलिपल्ट बिहान नभएको भीमराजको भनाई छ । उनीहरुको खोजविनका लागि माइती नेपालमा पनि निवेदन दर्ता गराइएको उनले बताए ।

परिवारले दिएको जाहेरी र हुलियाका आधारमा प्रहरीले खोजिकार्य जारी राखेको इलाका प्रहरी कार्यालय सानोश्रीका प्रहरी निरीक्षक गणेशमान खड्काले बताए ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ८ : ५६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन