निर्माणाधीन रंगशाला भत्काएको आरोपमा प्रकाश कँडेल पक्राउ « Khabarhub

निर्माणाधीन रंगशाला भत्काएको आरोपमा प्रकाश कँडेल पक्राउ


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउँदै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा क्षति पुर्‍याएको आरोपमा प्रकाश कँडेल पक्राउ परेका छन् । उनलाई यो घटनाको मुख्य योजनाकारका रुपमा लिइएको छ ।

कँडेललाई बुधबार राति पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । उनीसँगै अन्य १६ जना पक्राउ परेका छन् । पक्राउ परेका कँडेल भरतपुर नगरपालिका १६ का नेकपाका स्थानीय नेता हुन।

धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणका क्रममा लगाएको बार बुधबार भत्काइएको थियो । उनीहरुले रंगशाला निर्माणमा खटिएका कामदार तथा कर्मचारीलाई धम्क्याएको फाउन्डेसनलदे जनाएको छ ।

यसैबीच फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले असुरक्षाका कारण निर्माणाधीन रंगशालाको काम रोक्नु परेको बताएका छन् । स्थानीयले विगतदेखि नै विभिन्न माग गर्दै रंगशाला निर्माणमा अवरोध गरेका थिए । उनीहरुले रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने माग गरेका थिए । रंगशालालाई नै सडक आवश्यक पर्ने भन्दै फाउन्डेसनले सडक बनाउने प्रतिबद्धता जनाएको थियो ।

कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले भूकम्पपछिको पुनर्निर्माणका क्रममा धुर्मुस सुन्तली फाउन्डेसन गठन गरेर भूकम्पपीडितका लागि आवास बनाएका थिए । त्यसपछि उनीहरुले मुसहर बस्ती निर्माण गरेका थिए ।

घटनापछि फाउन्डेसनले निकालेको विज्ञप्ति यस्तो छ:

Image may contain: text

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ९ : ५१ बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार