निर्माणाधीन रंगशाला भत्काएको आरोपमा प्रकाश कँडेल पक्राउ « Khabarhub

निर्माणाधीन रंगशाला भत्काएको आरोपमा प्रकाश कँडेल पक्राउ


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउँदै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा क्षति पुर्‍याएको आरोपमा प्रकाश कँडेल पक्राउ परेका छन् । उनलाई यो घटनाको मुख्य योजनाकारका रुपमा लिइएको छ ।

कँडेललाई बुधबार राति पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । उनीसँगै अन्य १६ जना पक्राउ परेका छन् । पक्राउ परेका कँडेल भरतपुर नगरपालिका १६ का नेकपाका स्थानीय नेता हुन।

धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणका क्रममा लगाएको बार बुधबार भत्काइएको थियो । उनीहरुले रंगशाला निर्माणमा खटिएका कामदार तथा कर्मचारीलाई धम्क्याएको फाउन्डेसनलदे जनाएको छ ।

यसैबीच फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले असुरक्षाका कारण निर्माणाधीन रंगशालाको काम रोक्नु परेको बताएका छन् । स्थानीयले विगतदेखि नै विभिन्न माग गर्दै रंगशाला निर्माणमा अवरोध गरेका थिए । उनीहरुले रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने माग गरेका थिए । रंगशालालाई नै सडक आवश्यक पर्ने भन्दै फाउन्डेसनले सडक बनाउने प्रतिबद्धता जनाएको थियो ।

कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले भूकम्पपछिको पुनर्निर्माणका क्रममा धुर्मुस सुन्तली फाउन्डेसन गठन गरेर भूकम्पपीडितका लागि आवास बनाएका थिए । त्यसपछि उनीहरुले मुसहर बस्ती निर्माण गरेका थिए ।

घटनापछि फाउन्डेसनले निकालेको विज्ञप्ति यस्तो छ:

Image may contain: text

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ९ : ५१ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका