विश्वकप क्रिकेट : इंग्ल्याण्डद्वारा दक्षिण अफ्रिकासामू ३ सय १२ रनको लक्ष्य प्रस्तुत | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : इंग्ल्याण्डद्वारा दक्षिण अफ्रिकासामू ३ सय १२ रनको लक्ष्य प्रस्तुत


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गतको उद्घाटन खेलमा आयोजक टोली इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई ३ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ । लण्डनस्थित दी ओभलमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित पूरा ओभर खेल्दै ८ विकेट गुमाएर ३ सय ११ रन बनाएको हो ।

आयोजक टोली इङ्ग्ल्याण्डका ४ जना खेलाडीले विश्वकप क्रिकेटको उद्घाटन खेलमा अर्धशतक पूरा गरेका छन् । घरेलु दर्शकको साथ पाएको इंग्ल्याण्डका लागि वेन स्टोक्सले उत्कृष्ट ब्याटिङ गर्दै ८९ रन बनाए ।  उनले ७९ बलमा ९ चौका प्रहार गरे । पहिलो ओभरको दोस्रो बलमै विकेट गुमाएको इंग्ल्याण्डका लागि ओपनिङ ब्याट्सम्यान जसन रोय र तेस्रो नम्बरमा मैदान प्रवेश गरेका जोइ रुटले उत्कृष्ट ब्याटिङ साझेदारी पारी खेले ।

कप्तान इयोन मोर्गनले अर्धशतकसहित ५७ रन बनाए । जसन रोयले ५४ रन बनाउँदा जोइ रुटले ५१ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए । चेरीस वेक्सले १३ रन बनाए ।

घरेलु टोलीविरुद्ध टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाका लागि लुन्गी नेगीडीले उत्कृष्ट बलिङ गरे । उनले इंग्ल्याण्डविरुद्ध तीन विकेट लिए । यस्तै, भेट्रान बलर इमरात ताहिर र युवा खेलाडी कागिसो रबाडाले राम्रो बलिङ गरे ।

जसमा ताहिर र रबाडाले समान २–२ विकेट लिएका थिए । यस्तै, अफ्रिकाका लागि युवा खेलाडी कागिसो रबाडा र अन्दील फेह्लुक्वायोले समान १–१ विकेट लिएका थिए ३ सय १२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका केही बेरमा मैदान उत्रिँदैछ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ७ : ०८ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार