केन्द्र सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्‍योः सभापति देउवा « Khabarhub

केन्द्र सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्‍योः सभापति देउवा


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संघीयताको पक्षमा नरहेको बताएका छन् । सभापति देउवाले सरकारले संघीयताको अपमान हुने गरी बजेट ल्याएको भन्दै आपत्ति जनाए ।

बिहीबार पार्टीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले सिंहदरबारको अधिकार प्रदेश सरकारलाई दिनुपर्नेमा ओली सरकारले कटौति गरिरहेको आरोप पनि लगाए । प्रदेश सरकारका मुख्यमन्त्रीहरुले नै संघीय सरकारले अधिकार नदिएको गुनासो गरिरहेको सभापति देउवाले बताए ।

सभापति देउवाले संघीयता र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भइरहे सरकारलाई हटाउने गरी आन्दोलन गर्नुपर्ने अवस्था आउने भन्दै त्यसका लागि तयार रहन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

सभापति देउवाले लोकतन्त्रलाई आत्मासात नगरेकाले काँग्रेसले राजतन्त्र हटाएको स्मरण गराउँदै प्रजातन्त्र र राजतन्त्रसँगै हिँडने अवस्था नभएपछि राजतन्त्र हटाइएको र ओली सरकारले पनि लोकतन्त्रको विरोध गरिरहे हटाउने चेतावनी दिए ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ७ : २४ बजे

रुसी तेल पाइपलाइन खोल्न इयूको दबाब ‘ब्ल्याकमेल’ भएको जेलेन्स्कीको भनाइ

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना युरोपेली सहयोगीहरूलाई रुसी

समानुपातिक सांसदका लागि यी हुन् कांग्रेसबाट सिफारिस २० जना

काठमाडौं- नेपाली कांग्रेसले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यका लागि २० जना नेताहरूको

‘चुनावी सुनामीले कांग्रेसलाई बगायो, अन्तरघात मात्रै कारण होइन’

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले २०४८ यता जित्दै

यी हुन् समानुपातिकतर्फ रास्वपाबाट सिफारिस ५७ जना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको