मोदीले लिए दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीको सपथ « Khabarhub

मोदीले लिए दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीको सपथ


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको सपथ ग्रहण गरेका छन् । दिल्लीस्थित राष्ट्रपति भवनमा बिहीबार साँझ आयोजित समारोहमा मोदीले भारतको १५औँ प्रधानमन्त्रीको रुपमा सपथ लिएका हुन् ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले मोदीलाई सपथ खुवाएका हुन् । यसअघि सन् २०१४ मा पहिलो पटक भारतको प्रधानमन्त्री भएका मोदीले यसपटक पनि राष्ट्रपति भवनको प्रांगणमा नै शपथ लिएका छन् । मोदीका साथै केन्द्र सरकारमा सामेल क्याबिनेट मन्त्रीहरुले पनि सपथ लिएका छन् ।

यस पटक मोदी सरकारको मन्त्रिमण्डलमा नयाँ अनुहारले पनि स्थान पाएका छन् । रामनाथ सिंह, अमित शाह, नितिन गड्करी, सदानन्द गौंडा, निर्मला सीतारमणले मन्त्रीको सपथ लिएका छन् । यस्तै, रामविलास पासवान, नरेन्द्रसिंह तोमर र रविशंकर प्रसादले पनि मन्त्रीको सपथ लिए । यसैगरी थावरचन्द गहलोत, हरसिमरत कौर बादल, एस जयशंकर, मुख्तर अब्बास नाक्भी, रमेश पोखरियाल निशंक, अर्जुन मुण्डा, स्मृति इरानी, डा. हर्षबद्र्धन, प्रकाश जावडेकर, पियुष गोयल, धमेन्द्र प्रधान, महेन्द्रनाथ पाण्डेलगायतका मन्त्रीले सपथ लिएका छन् ।

मोदीको क्याबिनेट मन्त्रीमा सामेल एस जयशंकरलाई नेपालमा लगाएको नाकाबन्दीको डिजाइनरमध्येका एक मानिन्छ । २०७२ असोज ३ मा नयाँ संविधान जारी गर्नुपूर्व मोदीको विशेष दूतका रुपमा नेपाल आएका उनले संविधान जारी नगर्न दबाब दिएका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ८ : ०९ बजे

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत