प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सरिक « Khabarhub

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सरिक


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी भएका छन् ।

नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि विहीबार साँझ भारतीय राष्ट्रपति भवन नयाँ दिल्लीमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि विहीबार नै भारतको प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, स्वकीय सचिव राजेश बज्राचार्य सहभागी भएका छन् । भारत सरकारले शपथ ग्रहण समारोहमा आमन्त्रित गरेका छिमेकी मुलुकका अतिविशिष्ट आठ अतिथिमध्ये प्रधानमन्त्री ओली एक हुन् ।

प्रधानमन्त्री ओलीको शुक्रबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ताको कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । प्रधानमन्त्री ओली शुक्रबार अपराह्न साढे ५ बजे स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

यसअघि भारतको लोकसभाको निर्वाचनमा मोदीको विजयपछि सन् २०१४ मा पहिलो कार्यकालका लागि भएको शपथ ग्रहण समारोहमा सरकार प्रमुखका हैसियतले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेपालबाट सहभागी भएका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १० : ४७ बजे

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र