२७ लाखका जुत्ता देखेर चकित परे ऋषि कपूर « Khabarhub

२७ लाखका जुत्ता देखेर चकित परे ऋषि कपूर


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता ऋषि कपूर छिट्टै नै भारत फर्कँदै छन् । यतिबेला उनी न्यूओर्कमा घुमघाम गरिरहेका छन् । र, त्यहाँ सपिङ पनि गरिरहेका छन् ।

हालै एउटा कुराले भने ऋषि कपूरलाई चकित बनाएको छ । त्यो पनि जुत्ताको मूल्य ।

ऋषि खासमा जुत्ता किन्नका लागि एक स्टोरमा पुगेका थिए । उनले त्यहाँ ५ हजार डलर (साढे ३ लाख) देखि ४० हजार डलरका जुत्ता देखेर हैरान भए । ४० हजार डलर अर्थात् नेपाली २७ लाख ५८ हजार रुपैयाँ ।

ऋषि कपूर न्यूओर्कको सबैभन्दा ठूलो स्नीकर स्टोरमा थिए । यहाँका तस्वीर शेयर गर्दै ऋषिले लेखे, ‘मूल्यलाई जुम गरेर हेर्नुस्, यसले मलाई एक पुरानो कहावत याद दिलायो, जुत्ता सुनको होस् या चाँदीको, खुट्टामै लगाउनुपर्छ ।’

ऋषिका अनुसार यो स्टोरमा करीब १२ हजार स्टाइल र मोडलका जुत्ता छन् । रमाइलो कुरा त, ऋषिको यो ट्वीटमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो सबै यहाँ चोकमा १ हजारदेखि ५ सय रुपैयाँमा पाइन्छ ।’

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १२ : १० बजे

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर