‘पदाधिकारीलाई इन्धन’ शीर्षकको बजेट काटेर ‘एक रुपैयाँ’ कायम गरियोस् ! « Khabarhub

‘पदाधिकारीलाई इन्धन’ शीर्षकको बजेट काटेर ‘एक रुपैयाँ’ कायम गरियोस् !


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले खानेपानी मन्त्रालयको खर्च कटौतिका लागि संशोधन प्रस्ताव पेश गरेकी छिन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसद देवकोटाले खानेपानी मन्त्रालयको ‘पदाधिकारीलाई इन्धन’ शीर्षकमा विनियोजन गरिएको बजेट कटौति गरी ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने संशोधन प्रस्ताव पेश गरेकी हुन् ।

सरकारले आगामी आर्थिक वर्षको खानेपानी मन्त्रालयको बजेटमा पदाधिकारीलाई इन्धनका लागि बजेट विनियोजन गरेको थियो । जुन बजेट फजुल खर्च भएकाले त्यसलाई कटौति गरेर एक रुपैयाँ कायम गर्न काँग्रेस सांसद देवकोटाको सरकारसँग माग छ । उनले चालू खर्चबाट सो बजेट कटौति गरेर जनताको शुद्ध खानेपानी खान पाउने व्यवस्थाका लागि खर्च गर्न पनि सरकारलाई सचेत गराइन् ।

सांसद देवकोटाले गरिव तथा भूकम्प पीडित जनतालाई उचित खानेपानीको व्यवस्था हुने गरी ठोस योजना ल्याउन पनि सरकारसँग माग गरिन् । उनले मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकाबासीले कहिले उपयोग गर्न पाउने हो ? भनि सरकारलाई प्रश्न गरिन् ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १२ : २८ बजे

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

काठमाडौं– रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनको अपूरणीय क्षति

भोटेकोसी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं– भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा